Breaking News Tuesday, 17 Jan, 2017
Prestige Media

एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’

कोहलपुर (बाँके), ४ माघ । बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ । कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले आज बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।

“अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त रोग रगत परीक्षणका क्रममा टिटिहिरीया गाविसका युवामा बढी देखियो,” डा पाण्डेले भन्नुभयो, “जाँच गराउन आउने धेरैलाई यो रोगका विषयमा जानकारी नहुँदा हातदुख्ने खुट्टा दुख्नेलगायतका औषधि सेवन गरिरहेको हामीले पायौँ, बिरामीलाई बताइएको लक्षणअनुसार रगत परीक्षण गर्दा एउटै गाविसका विभिन्न वडाका थारु समुदायका युवामा सिकल सेलको जिवाणु भेटियो ।”

शिविरमा स्त्री रोग, छाला सम्बन्धी रोग, मद्युमेह, आँखा, साधारण चिकित्सा, हाडजोर्नी तथा शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामी पनि स्वास्थ्य परीक्षणका लागि आएको नेपाली सेनाका चिकित्सक सह–सेनानी डा विश्वराजबहादुर कुँवरले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्ज मेडिकल कलेज, नेपाल नेत्रज्योति सङ्घ फुल्टेक्रा शाखा, नेपाल औषधि बिक्री प्रबन्ध सङ्गठनलगायतका संस्थाको सहयोगमा सञ्चाललित शिविरमा स्थानीयवासीले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।

विसं.२०२२ कात्तिक ७ गते स्थापना भएको राष्ट्रिय सेवा दलले बाँकेसहित देशभरका विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्र तथा छात्रालाई व्यक्तित्व विकास र सैनिक ज्ञान दिइरहेको छ ।

सोहि तालिम अन्तर्गत कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले एनसीसी क्याडेट छात्र छात्रालाई दिइने तालिममध्ये मेडिकल क्याम्पमा कसरी स्थानीय नागरिकलाई सहयोग गर्ने, सामाजिक चेतना जगाउने भन्नेबारे शिविर आयोजना गरिएको क्याम्प संयोजक सेनानी हेमन्तकुमार थापाले बताउनुभयो ।

शिविरमा आठ सय पचास महिला, पुरुष र बालबालिका सहभागी थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL