Breaking News Monday, 16 Jan, 2017
Prestige Media

सुत्केरीलाई उपचारमा स्वास्थ्यकर्मीको सहयोग

सोलुखुम्बु (सल्लेरी), ३ माघ । नवजात शिशुलाई जन्म दिएपछि बेहोस बनेकी जलेश्वरी–६ खोटाङकी सङ्गीता पुरीलाई जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वय तथा सोलु अस्पताल फाप्लुमा कार्यरत स्वास्थ्यकर्मीको आर्थिक सहयोगमा थप उपचारका लागि आइतबार काठमाडौँ लगिएको छ ।

पुस २९ गते साँझ ७ बजे आफ्नै निवासमा शिशुलाई जन्म दिएकी १९ वर्षया पुरी सोही दिन राति ९ बजेदेखि बेहोस बनेको पारिवारिक स्रोतको भनाइ छ ।

स्रोतका अनुसार लामो समयसम्म सुत्केरीको होस नफर्केपछि माघ १ गते दिउँसो करिब २ बजे सोलुु अस्पताल फाप्लुमा थप उपचारका लागि ल्याइएको थियो । अस्पतालमा भर्ना भएकी सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि काठमाडौँ पठाउनुपरेको अस्पतालका डा राजेन्द्र बस्नेतले बताउनुभयो ।

डा बस्नेतका अनुसार गर्भावस्थामा उच्च रक्तचापका कारण मिर्गाैलाले काम गर्न छाडेपछि सुत्केरी बेहोस बनेकी हुन् । जनचेतनाको कमीका कारण सुत्केरी पुरीले एकपटक पनि गर्भजाँच नगराएको पाइएको पनि उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण जिल्ला जनस्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वयमा स्वास्थ्यकर्मीको सहयोगस्वरुप दुईवटा हवाई टिकट, निःशुल्क उपचार सेवा र काठमाडौँ मेडिकल कलेज, काठमाडौँमा विशेष छुटमा उपचारको व्यवस्था गरिएको अस्पतालका डा राजेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

सिमपानी खोटाङ निवासी दिनेश गिरीसँग करिब एक वर्ष अगाडिमात्र वैवाहिक बन्धनमा बाँधिएकी पुरीको घरको आर्थिक अवस्था निकै कमजोर छ । श्रीमान्ले विवाहपश्चात् श्रीमतीलाई माइती घरमा छाडेर वैदेशिक रोजगारीमा गएको भए पनि हेरविचार नगरेको उहाँका माइती पक्षले आरोप लगाएका छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL