Breaking News Sunday, 15 Jan, 2017
Prestige Media

भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य कार्यक्रम सञ्चालन हुने

काठमाडौँ, २ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आज भएको बैठकले भूकम्प प्रभावितलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले निःशुल्क स्वास्थ्य सेवा चिकित्साशास्त्र सङ्काय, काठमाडौँ विश्वविद्यालय, चिकित्साशास्त्र राष्ट्रिय प्रतिष्ठान र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठानलगायतसँग सहकार्य गरी विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले भूकम्प प्रभावित जिल्लाका जोखमयुक्त ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी निःशुल्क रुपमा सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आज नै जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको प्राधिकरण सहप्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोतसाधन परिचालन गरी निःशुल्क रुपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL