Breaking News Friday, 13 Jan, 2017
Prestige Media

संशोधन परिमार्जन पारित गर्नेबारे सकारात्मक छलफल

काठमाडौँ, २९ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीचको बैठकले संशोधनमा के–कस्ता विषयमा परिमार्जन गर्ने भन्नेबारे पुनः समझदारी गरी अघि बढ्ने निर्णय गरेको हो ।

संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्नेबारे मोर्चाबीच सकारात्मक छलफल भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“संविधान संशोधनबारे गहन कुराकानी भई संशोधनलाई परिमार्जन गरेर पारित गर्ने दिशातिर अघि बढ्नुपर्छ, भनेर मधेसी मोर्चासँग अत्यन्तै सकारात्मक छलफल भएको छ” –उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री निधिले संसद्मा पेस भएको निर्वाचनसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो पारित गराएर त्यसपछि निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भएको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेर निर्वाचनमा जानेबारे छलफल भएको बताउनुभयो ।

उहाँले संशोधन प्रस्तावलाई कसरी अघि बढाउने भन्नेबारे अझै छलफल गरेर पारित गर्नेबारे दुवै पक्षबीच सकारात्मक कुराकानी भएको बताउनुभयो ।

बैठकमा सहभागी मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्नेबारे सकारात्मक छलफल भएको बताउनुभयो ।

उहाँले संशोधन परिमार्जन के के विषयमा गर्ने भन्नेबारे सरकार र मोर्चासहितको गठबन्धनबीच छलफल र समझदारी गरी पारित गर्ने निर्णय भएको उल्लेख गर्नुभयो ।

बैठकमा मोर्चाले न्यायाधीश नियुक्ति समावेशी सिद्धान्त विपरीत एकपक्षीय ढङ्गले गरिएकामा आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि तथा मोर्चाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवलगायत शीर्ष नेताको सहभागिता थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL