Breaking News Friday, 13 Jan, 2017
Prestige Media

फागुन १२ देखि पाल्पा महोत्सव

पाल्पा, २९ पुस । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा आउँदो फागुनमा पाल्पा महोत्सव हुने भएको छ ।

पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा यही फागुन १२ देखि २२ गतेसम्म पाल्पा महोत्सवका लागि विभिन्न उपसमिति गठन भएका छन् ।

‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ भन्ने मूलनाराका साथ तानसेनको टुँडिखेलमा महोत्सव हुने भएको पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।

पाल्पामा उत्पादित वस्तु तथा सेवाको प्रदर्शन, बिक्री–वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत महोत्सवको अवधिभर प्रदर्शन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा स्थानीय संस्कृतिको प्रवद्र्धन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, घरेलु उद्योग, वालन आदिको व्यवस्था रहनेछ । पाल्पा जिल्लाका ख्यातिप्राप्त लाखे नाच, फोटो प्रर्दशनी, खुल्ला तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता महोत्सवका आकर्षण हुनेछन् ।

विश्वको सबैभन्दा ठूलो पाल्पाली करुवा, ढाका कपडा, ढाका उद्योग, अदुवा र सुन्तला महोत्सवको विशेष आकर्षणका रुपमा प्रदर्शनस्थलमा राख्ने सङ्घका उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । महोत्सवले पाल्पा जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नेछ । कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने लक्ष्य सङ्घले लिएको छ ।

महोत्सवमा तीनसयदेखि चारसय स्टल रहने, दुई लाख ५० हजार अवलोकनकर्ता आउने आँकलन गरिएको र रु आठ करोड बराबरको कारोबार हुने अनुमान लिएको सङ्घले जनाएको छ ।

पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजना, नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा हुन लागेको महोत्सवमा जिविस, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यलय, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा सहआयोजक रहेका छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL