Breaking News Wednesday, 11 Jan, 2017
Prestige Media

हिउँ चितुवा पाइने मुलुकको मन्त्रिस्तरीय बैठक नेपालमा हुने

काठमाडौँ, २७ पुस । सङ्कटापन्न हिउँ चितुवा संरक्षणमा विश्वव्यापी प्रयासः प्रगति र आगामी कदम बारेमा हिउँ चितुवा पाइने देशका मन्त्रिस्तरीय बैठक आगामी माघ ४ देखि ७ गतेसम्म नेपालमा हुने भएको छ ।
‘हिउँ चितुवा र परिस्थितिकीय प्रणाली संरक्षण कार्यक्रमको व्यवस्थापन योजना (जिएसएलईपी) तथा सर्वेक्षण कार्यशाला’ र त्यस सम्बन्धी दोस्रो उच्चस्तरीय सञ्चालन समितिको बैठक हुने वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ ।

विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिजिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

सम्मेलनबारे जानकारी दिन मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव डा महेश्वर ढकालले सबै देशबाट मन्त्री र उच्चस्तरीय प्रतिनिधिको सहभागिता रहने निश्चित भएको जानकारी दिनुभयो ।

उहाँले बैठकमा आगामी योजनाको लागि स्रोत परिचालन रणनीतिको पहिचान गर्ने, हिउँ चितुवाको अवैध चोरी सिकार तथा व्यापार विरुद्ध जुध्न साझा विचार विकास गर्ने र हिउँ चितुवा सम्बन्धी अध्ययन अनुसन्धानमा पहलकदमी लिनेलगायत मुख्य विषयमा छलफल हुने बताउनुभयो ।

सहसचिव ढकालले सम्मेलनले जैविक विविधता संरक्षण, नेपालको पर्यापर्यटनमा टेवा, निजी क्षेत्रलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिएसएलइपी हिउँ चितुवा पाइने १२ वटा देशका नागरिक समाज, अन्तर्राष्ट्रिय तथा निजी सङ्घ संस्थाको संयुक्त प्रयास हो । यसको प्रमुख उद्देश्य हिउँ चितुवालाई आफ्नो प्राकृतिक बासस्थानमा जोगाइ राख्नु हो ।
यसको सुरुवात किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा सन् २०१३ माभएको हिउँ चितुवा संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जारी भएको ‘विश्केक घोषणा पत्र’ भएपश्चात भएको हो ।

वन मन्त्री शङ्कर भण्डारीले यस्तो महत्वपूर्ण बैठक नेपालमा आयोजना गर्ने अवसर मिल्नु र उच्चस्तरीय सहभागी प्रतिनिधिलाई स्वागत गर्न पाउनु खुसीको मौका भएको बताउनुभयो । उहाँले बैठक हिउँ चितुवा र तिनीहरुको अमूल्य उच्च हिमाली परिस्थितिकीय प्रणाली संरक्षण गर्न र त्यहाँ बसोबास गर्ने मानिसको जीवनस्तर उकास्नका लागि कार्यदिशा पहिल्याउन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

जिएसएलईपी उच्चस्तरीय सञ्चालन समितिको नेतृत्वदायी भूमिकामा सन् २०२० सम्ममा हिउँ चितुवाको सुरक्षित बासस्थान सुनिश्चित गर्ने उद्देश्यले हिउँ चितुवा पाईने देशहरुले २३ वटा भू–दृश्यको पहिचान गरेका छन् । बैठकमा समिति सदस्यले उक्त भू–दृश्य सुरक्षित गर्न के कती सफलता मिल्यो भनी पुनरावलोकन गर्नुका साथै आगामी कदम र प्राथमिकताको पहिचान गर्नेछन् ।

समितिले सन् २०१७ को मध्यतिर किर्गिजिस्तानका राष्ट्रपति अल्माज्बेक अताम्बाएभको नेतृत्वमा हुने हिउँ चितुवा सम्बन्धी शिखर सम्मेलन र हरित लगानी मञ्चका लागि एजेण्डा तयार पार्नेछ ।

‘ग्लोबल टाईगर ईनिसेटिभ काउन्सिल’का सदस्य समेत रहनुभएका आपूर्ति मन्त्री दीपक बोहराले बाघ संरक्षणमा नेपालले विश्व मै नेतृत्वदायी सफलता हासिल गरेको बताउँदै लोपोन्मुख प्रजातिको चोरी शिकार तथा बेचविखनलाई सबै मिलेर प्रभावकारी ढंगबाट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँमा हुने उक्त बैठक नेपालको मात्र नभई विश्व कै जैविक विविधता र वातावरण संरक्षणमा उपयोगी हुने उहाँको धारणा थियो ।
हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब ३०० देखि ५०० र विश्वमा करिब तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिका हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरिरलाई सन्तुलन गर्छ ।

मन्त्रालयले हिउँ चितुवा संरक्षणमा बासस्थानको बिनाश, मानव र जनावरबीच हुने द्वन्द्व, प्राकृतिक विपत्ति, जलवायु परिवर्तनलगायत चुनौती देखिएको जनाएको छ । मन्त्रालयले पछिल्लो चरणमा हिउँ चितुवा पाईने हिमाली क्षेत्रलाई तीन खण्डमा विभाजन गरी संरक्षणका कार्यक्रम अघि बढाएको छ । जसमध्ये पूर्वको कञ्चनजङ्घादेखि गणेश हिमालसम्म, मनास्लुदेखि धवलागिरी हिमालसम्म र कालीगण्डकी नदीदेखि अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।

वन सचिव कृष्णचन्द्र पौडेलले जलवायु परिवर्तनका नकारात्मक असरले उच्च हिमाली क्षेत्रमा बढी असर पु¥याएको भन्दै हिउँ चितुवा संरक्षणले अन्ततः हिमाली पर्यावरणकै संरक्षणमा मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो ।
चार दिनसम्म चल्ने बैठकमा सबै देशबाट आउने उच्चस्तारीय सरकारी प्रतिनिधि, विज्ञ, अनुसन्धानकर्ताको बृहत छलफलपछि हिउँ चितुवा संरक्षणका प्रभावकारी कदमसहितको काठमाडौँ घोषणा पत्र जारी हुनेछ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL