Breaking News Wednesday, 11 Jan, 2017
Prestige Media

विषादिको मात्रा परीक्षण सुरु

ललितपुर, २७ पुस । किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अरु बजारमा बिक्री गर्न थालेपछि बाली संरक्षण निर्देशनालयले उपत्यकाका अन्य स्थानमा समेत विषादी परीक्षण सुरु गरेको छ ।

उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण थालेको शर्माको भनाइ छ । “कालीमाटी बजारमा मात्रै विषादीको परीक्षण हुँदा अन्य स्थानमा विषादी भएका तरकारी÷फलफूल बिक्री हुनसक्ने देखियो,” उहाँले भन्नुभयो ।

कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा दुई वर्षदेखि विषादी अवशेष द्रूत विश्लेषण इकाइको स्थापना गरेर नियमित परीक्षण गरिँदै आएको छ । परीक्षण सुरु हुँदा दैनिक तीन÷चार वटासम्म नमुनामा विषादी पाइए पनि अहिले महिनाको एक÷दुईवटा नमुनामा मात्रै विषादी पाइन थालेको शर्मा बताउनुहुन्छ । नेपालमा अत्यन्त घातक मानिने १६ वटा विषादी प्रयोग गर्न प्रतिबन्ध लगाएको निर्देशनालयले जनाएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL