Breaking News Tuesday, 10 Jan, 2017
Prestige Media

पुनःसंरचना आयोगको प्रतिवेदनको विरोधमा खोटाङमा आन्दोलन

खोटाङ, २६ पुस । स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन गरेको सिफारिसको विरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन् ।

खोटाङको गाउँपालिका र नगरपालिकाको सूचीमा प्रस्ताव नै नगरिएको गाउँपालिकाको नाम आएपछि त्यसलाई सच्याउन माग गर्दै विरोधमा उत्रिएका बुइपा, राजापानी, विजयखर्क, नुनथलालगायतका स्थानीयवासीले गरेको सडक बन्दका कारण यात्रु मारमा परेका हुन् ।

रेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाउन सिफारिस गरिएकोप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडकको नुनथला खण्ड गत शनिबारदेखि अनिश्चितकालका लागि बन्द गरेका छन् ।

सडक बन्दका कारण दिक्तेल–जयराम तथा सगरमाथा राजमार्गअन्तर्गत महुरे–फोक्सिङटार सडकमा यात्रु तथा मालबाहक सवारी साधन ओहोरदोहोर गर्न पाएका छैनन् । राजधानीलगायतका सहर आवतजावत गर्ने एकमात्र सडक दिक्तेल–जयराम सडक बन्द भएपछि यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।

बन्दकर्ताले जयराम–हलेसी हुँदै दिक्तेल भित्रिने सवारी साधनलाई बिजुलेभन्दा भित्र छिर्न दिएका छैनन् भने सदरमुकाम दिक्तेलबाट जाने सवारी साधनलाई पनि हुर्लुङभन्दा बाहिर अगाडि बढ्न दिएको छैन । दुवैतिरको सवारी साधन अघि बढ्न नपाएपछि यात्रु हिँडेरै बिजुले–हुर्लुङ सडक पार गर्न बाध्य छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–जयराम सडक बन्दले उदयपुरको गाईघाटलगायतका पूर्वी सहर आवतजावत गर्ने यात्रु पनि अलपत्र परेका छन् । सोमबार दिक्तेलबाट जयरामतर्फ जाँदै गरेको ना४ख ६२०० नंको ट्रक तोडफोड भएपछि त्यसयता दिक्तेलबाट कुनै पनि सवारी साधन छुटेका छैनन् । दिक्तेलबाट हिँडेका कतिपय यात्रु बन्दका कारण बाटैबाट फर्किरहेका छन् ।

बन्दका कारण बिरामी, चाँडो गन्तव्यमा पुग्नुपर्ने तथा गह्रौँ भारीसहितका यात्रु बढी मारमा परेका छन् । जिल्ला अस्पताल दिक्तेलबाट आकस्मिक रुपमा पठाउने गरेका बिरामी हेलिकप्टर चार्टर गर्न वा हवाई जहाज प्रयोग गर्न बाध्य बनेका छन् ।

बिरामी बोकेका सवारी साधनलाई भने बन्दमा अवरोध नगरिएको सङ्घर्षरत विद्यार्थी नेता ओमप्रकाश घिमिरेले बताउनुभयो । भूकम्पपछिको पुनःनिर्माणका लागि लगत सङ्कलन गर्न सोमबार जिल्ला भित्रिएका पुनःनिर्माण प्राधिकरणका इन्जिनियरसमेत सडक बन्दका कारण बिजुलेमा अलपत्र परेका थिए ।

यद्यपि, इन्जिनियरको टोलीलाई भने मङ्गलबार प्रशासनको आग्रहमा गाडीमै प्रवेश दिइएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताउनुभयो ।

स्रोतका अनुसार आयोगका सदस्य डा श्याम भुर्तेलले काठमाडौँ बस्ने केही नेताको लहैलहैमा सिफारिस नै नभएको गाउँपालिका तयार पारेपछि विरोध आएको हो । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति तथा सर्वदलीय बैठकले खोटाङबाट हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरेकामा आयोगले महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाएर सरकारलाई सिफारिस गरिदिएपछि स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् ।

जिल्लाबाट प्रस्तावित महुरेगढी गाउँपालिकालाई यथावत् कायम नगरिएसम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका सदस्य एवम् युवा सङ्घका जिल्ला अध्यक्ष दिनेश राईले बताउनुभयो ।

आयोगले बेग्लै गाउँपालिकाको खाकाको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष बुझाएको विरोधमा आन्दोलनमा उत्रिएका स्थानीयवासीले आइतबार दिक्तेलमा जुलुस निकाल्नुका साथै महुरेगढी नगरपालिकालाई यथावत् कायम गर्न स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिसमक्ष ध्यानाकर्षणपत्र बुझाएका थिए ।

लामो विवाद र छलफलपछि टुङ्ग्याएर पठाइएको स्थानीय तहको खाकालाई काठमाडौँमा बस्ने केही नेताले पहुँचका भरमा परिवर्तन गराएको भन्दै खोटाङका नेतासमेत आक्रोशित बनेका छन् ।

जिल्लाको सिफारिसलाई लत्याएर सरकारलाई बुझाइएको आयोगको प्रतिवेदनले आफूहरुलाई ‘बेकम्मा’ बनाइदिएको भन्दै जिल्लास्थित राजनीतिक दलका नेताहरु असन्तुष्ट बनेका हुन् ।

महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाइएको विरोधमा आन्दोलनमा उत्रिएका स्थानीयवासीकै पक्षमा दलले संयुक्त विज्ञप्ति जारी गर्न छलफल भइरहेको नेपाली काँग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठले बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL