Breaking News Monday, 9 Jan, 2017
Prestige Media

संविधानलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु उत्तम विकल्प : संयोजक डा भट्टराई

काठमाडौँ, २५ पुस । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले क्रान्तिको बलमा संविधान निर्माण भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घले यहाँ आज आयोजना गरेको ‘संविधान संशोधनको आवश्यकता’ बिषयक विचार गोष्ठीमा उहाँले भन्नुभयो – “संविधानमा थुप्रै कमीकमजोरी भए पनि नेपाली जनताले जारी गरको यो पहिलो संविधान भएकाले यसलाई सर्वस्वीकार्य बनाएर अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा बाबुराम भट्टराईले “अघिल्लो संविधानसभामा आन्दोलनकारी शक्तिको सङ्ख्या धेरै भए पनि अनुभव नभएका कारणले संविधान बन्न नसकेको” उल्लेख गर्दै “अहिले संविधान विरोधी शक्ति धेरै हुँदा संविधानले समेट्नुपर्ने विषयलाई समेट्न सकेन भन्नुभयो ।”

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान परिमार्जन नै अहिलेको उत्तम उपाय भएको बताउँदै “सत्ताप्राप्तिको हतारमा संविधान ल्याउँदा मुलुकले यो अवस्था भोग्नुपरेको हो भन्नुभयो ।”

अहिलेको संविधानले विसं २०६३ को अन्तरिम संविधानले समेटेको अधिकारलाई समेत खोसेको आरोप लगाउँदै उहाँले पछिल्लो समय संसद्मा टेबुल भएको विधेयकसमेत मधेसी मोर्चाका नेतासँग सल्लाह नगरी ल्याएकोमा आक्रोस व्यक्त गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले जनताले स्वामित्व लिन सकेमात्र संविधान स्थायी हुने भन्दै संविधानलाई सबैको स्वामित्व स्थापित गर्न सबै राजनीतिक दल एक हुनुपर्ने बताउनुभयो ।

राजनीतिक विश्लेषक सिके लालले हतारमा संविधान निर्माण गर्ने व्यक्तिलाई नै संशोधनको आवश्यकता परेको भन्दै संशोधन गर्दा सबै दलको सहमतिको खाँचो आवश्यक रहेको बताउनुभयो ।

सांसद छायाँ शर्मा पन्त, राजनीतिक विश्लेषक विजयकान्त कर्ण, सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अधिवक्ता शङ्कर लिम्बू लगायतले मुलुकलाई राजनीतिक निकास दिई आर्थिक विकास गर्नका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक रहेकोमा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL