Breaking News
Monday, 9 Jan, 2017
पृथ्वीनारायणको योगदानको कदर गर्न माग
बुटवल, २५ पुस । पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने मागसहित प्रजिअमार्फत राष्ट्रिय हिन्दू युवा मञ्च नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहलाई सम्मान गर्दै जनभावनाको कदरस्वरुप उक्त दिनलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरी सार्वजनिक बिदाको समेत माग गरिएको छ । मञ्चका संयोजक माधव केसीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा नेपाल राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका पृथ्वीनारायण र उनका योगदानलाई बिर्सी पुस २७ गतेलाई राज्यले बेवास्ता गरेर इतिहास मेटाउने कोसिस गरिएको जनाउँदै यस्ता कार्य आजका पुस्ताले हेरेर बस्न नसक्ने उल्लेख गरिएको छ । रासस







