Breaking News Monday, 9 Jan, 2017
Prestige Media

वैशाखसम्म निर्वाचन गर्ने गरी काम अगाडि बढेको छ : प्रम दाहाल

चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो वैशाखसम्ममा स्थानीय तहको निर्वाचन गर्ने गरी काम अगाडि बढेको बताउनुभएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–९ वीरेन्द्रनगरमा निर्मित सहिद स्मृति वाटिका अनावरण तथा समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले निर्वाचन गर्ने विषयमा दलहरुको बीचको अन्योलता पनि हटिसकेको बताउनुभयो ।

संविधान संशोधनका विषयमा भने राजनीतिक दलका बीचमा वातावरण बनिनसकेको भन्दै उहाँले तर पनि संविधान घोषणाको समयमा तीन दलका बीचमा संविधान संशोधन गर्ने विषयमा सहमति गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“संविधान घोषणा गर्दा संविधान संशोधन हुन्छ भन्ने उद्घोष गरिएअनुरुप अहिले प्रस्ताव गरिएको हो ।” मधेसी, थारुलगायतका माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक भएको भन्दै उहाँले सबैको स्वीकार्यता बढाउन संविधान संशोधन आवश्यक परेको बताउनुभयो ।

संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएर लागेको बताउँदै प्रधानमन्त्री दाहालले यतिबेला देश राजनीतिक इतिहासको विशेष मोडमा रहेको बताउनुभयो ।

संविधान कार्यान्वयनका लागि सबै जिम्मेवार भएकाले सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

चितवनको विकासको गति तीव्र रुपमा अगाडि बढाउन आफू लागेको भन्दै उहाँले छिट्टै विशेष प्याकेजको घोषणा गर्ने बताउनुभयो ।

वीरेन्द्र आदर्श उच्च मावि प्राङ्गणमा निर्माण गरिएको जनयुद्ध र जनआन्दोलनमा माओवादी पार्टीका तर्फबाट जिल्लामा सहिद भएका १०४ जनाको नामावली सो वाटिकामा राखिएको छ ।

वाटिका निर्माण समितिका संयोजक खिलप्रसाद घिमिरेका अनुसार रु ११ लाखको लागतमा वाटिका निर्माण गरिएको हो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL