Breaking News Friday, 6 Jan, 2017
Prestige Media

राष्ट्रनिर्मातालाई बिर्सनु भनेको आफँैलाई बिर्सनुजस्तै हो

काठमाडौँ, २२ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नसम्झनु भनेको आफँैले आफँैलाई बिर्सिएजस्तै हुने टिप्पणी गरिएको छ ।

राष्ट्रिय एकता दिवस नागरिक मूलसमारोह समितिद्वारा आज यहाँ आयोजित पृथ्वीनारायण शाह र देशको वर्तमान अवस्था विषयक विचार गोष्ठीमा सहभागि वक्ताले बाइसाँै÷ चौबिसौँको सङ्ख्यामा रहेका राज्यलाई अग्रेजबाट बचाउन उहाँकै नेतृत्वमा नेपालको भौगोलिक एकिकरण भएको घटनालाई कसैले पनि बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो ।

जनआन्दोलन २०६२÷६३ क्रममा राष्ट्रनिर्माताको सालिकमा तोडफोड गर्नेजस्ता अनादर काम गरेकोमा अहिले उनीहरुले पश्यताप गरेका छन्, भन्दै उनीहरुले अहिले उठेका जातीय नाराले पृथ्वीको मानमर्दन मात्रै होइन, राष्ट्रियता, स्वाधिनता र स्वतन्त्रताको पाटोलाई ओझेलमा पारेको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्व सूचना तथा सञ्चारमन्त्री श्रीशम्शेर राणाले पछिल्लो समय केही राजनीतिक दलले राष्ट्रनिर्माताको योगदान र इतिहासलाई नै समाप्त पार्ने खेल गरिरहेको बताउनुभयो ।

राप्रपाका सहायक महामन्त्री मीरा राणाले दक्षिण एसियाली मुलुकमध्ये नेपाललाई अपराजयको कोटीमा राख्न राष्ट्रनिर्माताले पु¥याएको योगदानप्रति सबै नेपालीले गौरव गर्न आवश्यक छ भन्नुभयो ।

मूलसमारोह समितिका उपाध्यक्ष शङ्करप्रसाद पौडेल, पूर्व सहायकरथी दीगम्बर शम्शेर राणा, समासेवी मथुरामोहन श्रेष्ठलगायतले राष्ट्र निर्माताको सम्मानमा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते राष्ट्रिय बिदाको घोषणा गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

विस १९७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकिकरण गरेका थिए । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL