Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

संशोधन प्रस्ताव अगाडि बढाइने

काठमाडौँ, २१ पुस । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको त्रिपक्षीय बैठकमा यही पुस २४ गते आइतबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संविधान संशोधन सम्बन्धी प्रस्ताव अगाडि बढाउने सहमति भएको हो ।

संविधान संशोधन प्रस्ताव टेबल गर्ने र स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने पूर्व सहमतिअनुसार उक्त प्रस्ताव अगाडि बढाउने निर्णय भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको फैसलापछि संशोधन प्रक्रिया अगाडि बढाउन सहज भएको निष्कर्ष निकाल्दै बैठकले सकेसम्म प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० लगायतका दलको सहमतिमा नै संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संशोधन प्रस्ताव टेबल हुनेमा आशंका नगर्न मोर्चा आवद्ध दललाई आश्वासन दिँदै सकेसम्म प्रमुख प्रतिपक्षीको समेत सहमति लिइने र उनीहरुलाई पनि सहमतिमा ल्याइने बताउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव आइतबार बस्ने संसदको बैठकमा टेवल गर्ने र प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पु¥याउन सबै राजनीतिक दलले सक्रियता जनाउनुपर्ने र समग्र राजनीतिक वातावरण बनाउनुपर्ने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री निधिले भन्नुभयो ‘‘आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव टेवल गर्ने त्रिपक्षीय सहमति भएको छ । सर्वोच्चको फैसलापछि एमालेले सदन अवरोध गर्ने विषय राजनीतिक र संवैधानिक हिसाबले पनि मिल्दैन । हामी एमालेलाई पनि सदन अवरोध नगर्न आग्रह गर्दछौँ ।’’

यस अघि अदालतले संशोधन प्रस्तावमाथि छलफल गर्ने क्षेत्राधिकार संसदको भएको फैसला गरेको थियो ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले संशोधन प्रस्ताव टेवल गरेपछि मोर्चाले संशोधन परिमार्जन गर्न थप संशोधन प्रस्ताव दर्ता गराउने प्रतिक्रिया दिनुभयो । उहाँले संविधान संशोधन प्रस्तावका पक्षमा दुई तिहाइ पु¥याउन मधेसी मोर्चा पनि सक्रिय हुने बताउनुभयो ।

सरकारले आजै स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन बुझ्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL