Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

राज्यमन्त्री खड्काद्वारा सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण

काठमाडौँ, २१ पुस । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाद्वारा निर्माण गरिएको सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ ।

कामको प्रगति हेर्न आज बिहान राज्यमन्त्री खड्का, मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलगायतको टोली सुन्दरीजल पुगेको हो ।

उक्त टोलीले मेलम्चीको पानी वितरण गर्न निर्माण गरिएको पानीपोखरी, महाङ्काल चौर, आरुबारीमा रहेको खानेपानी ट्याङ्कीको समेत निरीक्षण गरेको छ ।

सो अवसरमा राज्यमन्त्री खड्काले तोकिएकै समयमा काठमाडौँका जनतालाई कसरी शुद्ध खानेपानी खुवाउन सकिन्छ भन्ने उद्देश्यका साथ मन्त्रालय दिनरात अनुगमन तथा निरीक्षणमा खटेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “सिङ्गै मेलम्ची खोला काठमाडौँमा ल्याउँदै गर्दा त्रुटि भयो भने भोलि ठूलो क्षति हुनसक्छ भन्ने कुरालाई मध्यनजर गरी कामको अवलोकनका लागि मन्त्रालय लागेको हो ।”

सचिव उपाध्यायले काममा केही बाधा अवरोध छ कि भन्ने बुझ्न मन्त्रालयको टोली निरीक्षणमा आएको बताउनुभयो । उहाँले भन्नुभयो – “मन्त्रालयबाट पटक पटक आउँदा काम गर्ने व्यक्तिलाई पनि थप हौसला मिल्छ ।”

मेलम्ची खानेपानी आयोजनाद्वारा निर्माण गरिएको सुन्दरीजल पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

मन्त्रालयले काठमाडौँ उपत्यकामा विसं २०७४ असोजभित्र खानेपानी उपलब्ध गराउने घोषणा गरेसँगै तीव्र गतिमा काम भएको केन्द्रको ९५ प्रतिशत काम सम्पन्न भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL