Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

जनताको आवास कार्यक्रमका लागि झापामा स्थान छनोट

बनियानी ९झापा०, २१ पुस । जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले आवास कार्यक्रमका लागि गाविस र नगरपालिका छनोट गरेको छ ।

हरेक निर्वाचन क्षेत्रबाट एक÷एक गाविस र नगरपालिका छनोट गरिएकाले कार्यक्रम सञ्चालन हुनुअगावै लक्षित समुदाय बसोबास गरेको स्थान छनोट गरी विभागमा पठाउनु पर्ने सहरी विकास तथा भवन निर्माण विभागका खरिदार कमलनिधि चापागाईंले जानकारी दिनुभयो ।

सो कार्यक्रमका लागि क्षेत्र नम्बर १ बाट मेचीनगर नगरपालिका र बाहुनडाँगी गाविस, क्षेत्र नम्बर २ बाट बिर्तामोड नगरपालिका र गरामनी गाविस, क्षेत्र नम्बर ३ बाट भद्रपुर नगरपालिका र केचना गाविस, क्षेत्र नम्बर ४ बाट शनिअर्जुन नगरपालिका र बुधबारे गाविस, क्षेत्र नम्बर ५ बाट शिवसताक्षी नगरपालिका र चकचकी गाविस, क्षेत्र नम्बर ६ बाट गौरादह नगरपालिका र खजुरगाछी गाविस तथा क्षेत्र नम्बर ७ बाट दमक नगरपालिका र तोपगाछी नगरपालिका छनोटमा परेका छन् ।

छनोट भएको स्थानमा चालु आव २०७३÷७४ भित्र ५०० घर बनाउने लक्ष्य राखिएको छ । घर निर्माण गर्ने व्यक्तिले १० प्रतिशत र बाँकी रकम सरकारले बेहोर्ने प्रावधान छ । सोही रकमबाट दुई प्रतिशत रकम सम्बन्धित कार्यालयले कट्टा गरी प्रशासनिक खर्च गर्न पाउनेछन् । उक्त दुई प्रतिशत रकमबाट सुपरिपेक्षण, आवश्यक कागजात र प्राविधिक खर्च गर्नुपर्ने छ ।

सरकारले सो कार्यक्रमका लागि प्रतिघर निर्माणमा रु दुई लाख २६ हजार उपलब्ध गराउनेछ । साथै, घरको नमूनासमेत सहरी विभाग तथा भवन निर्माण विभागले गर्नेछ । त्यसरी निर्माण गरिने घर दुई कोठा, एउटा भान्सा र बरन्डासहितको हुनुपर्ने सरकारी नियम छ ।

भूकम्प प्रतिरोधीका त्यस्ता भवन स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाउनुपर्ने र त्यसका लागि स्थानीय स्तरमा सात सदस्यीय निर्माण समिति बनाउनुपर्ने प्रावधान छ ।
सरकारले घर निर्माण गर्न आर्थिक अवस्था कमजोर भएका दलित तथा पिछडिएको समुदायका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले त्यस्तो कार्यक्रम गत वर्षबाटै देशभर सुरु गरेको थियो ।
झापामा कार्यक्रम लक्ष्यअनुरुप सञ्चालन भए यस वर्ष ५०० घर निर्माण हुनेछन् । लक्षित समुदाय मिलेको बस्ती भए एउटा क्लस्टरमा १० वटासम्म घर बनाउन सकिन्छ । त्यहीअनुरुप सम्बन्धित समिति र सरकारी कर्मचारी कार्यक्रममा केन्द्रित हुनुपर्ने छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL