प्रमुख समाचार Thursday, 5 Jan, 2017
Prestige Media

शैक्षिक गुणस्तर सुधारका लागि ‘नमुना’ विद्यालय कार्यक्रम

खोटाङ, २१ पुस । जिल्ला शिक्षा कार्यालयले जिल्लाका ३० विद्यालयमा नमुना विद्यालय कार्यक्रम सुरु गरेको छ ।

नमुना विद्यालयका रुपमा स्थापित गर्न पहिलो चरणमा छानिएका जिल्लाका ३० विद्यालयमध्ये सरस्वती मावि दिक्तेलमा कार्यक्रम सुरु गरिएको हो ।

पुस्तककाभरमा मात्र पठनपाठन भइरहेको विद्यालयमा पाठ्यक्रमसंग सम्बन्धित अन्य पुस्तक अध्ययनका लागि नमुना विद्यालय स्थापना अभियान सुरु गरिएको शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । “पुस्तकको माध्यमबाट मात्र गरिने पठनपाठनले राम्रो सिकाइ उपलब्धि भएन ।” उहाँले भन्नुभयो, “विद्यार्थीमा सिकाइ उपलब्धि गराउन पाठ्यक्रममा आधारित शिक्षण प्रक्रिया सुरु गरिएको हो ।”

नमुना विद्यालय बनाउनका लागि छानिएका अन्य विद्यालयका प्रावि तहमा पनि क्रमशः पाठ्य पुस्तकको सट्टा पाठ्यक्रममा आधारित शिक्षण क्रियाकलाप सुरु गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । शिक्षाको गुणस्तरअनुसार नमुना विद्यालय बनाउनका लागि आवश्यक पुस्तक खरिद गर्न पुस्तकालय व्यवस्थापन शीर्षकमा ३० विद्यालयलाई प्रतिविद्यालय रु छ लाख ५० हजार उपलब्ध गराइएको छ ।

खस्कँदो शैक्षिकस्तर सुधार गर्दै ‘नमुना’ विद्यालयका रुपमा स्थापित गर्नका लागि थालिएको अभियानमा पाठ्यक्रममा आधारित थरिथरिका पुस्तक वितरण गरिएको छ । पुस्तक मात्र हेर्दै आएका छात्रछात्रालाई हाल नमुना शिक्षणअन्तर्गत पाठ्यक्रममा आधारित कथा, कविता, निबन्धका साथै बौद्धिक ज्ञान,व्यवहारिक र लेखन सिकाइसँग सम्बन्धित पुस्तक उपलब्ध गराइएको सरस्वती माविका प्रअ ध्यानबहादुर राईले बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

सुदूरपश्चिममा मुख्यमन्त्री फेर्ने मागबारे गगनको चासो, सांसदले मागे मन्त्री !

मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ”

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक

खोटाङमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पेस गर्न स्थानीय तहहरूलाई पत्राचार

जितले मान्यता जोगिने आशा जीवितै

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL