Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

धमाधम सडक निर्माण हुँदै

भीमदत्तनगर, २१ पुस । कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण थालिएका छन् ।
लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना प्राथमिकताका साथ अघि बढिरहेका छन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणदेखि कञ्चनपुरकै धेरै जनसङ्ख्यामा रहेको दक्षिणक्षेत्र जोड्ने ६० किमी लम्बाइ भएको दैजी–बेल्डाँडी र बेलौरी–डोकेबजार हुलाकी सडकको निर्माण अघि बढेको छ । “महाकाली नदीमा पुल निर्माणको कार्य पनि धेरै अघि बढिसकेको छ”, भीमदत्तनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोदकुमार मौवारले भन्नुभयो–“भारत सरकारको सहमति आउनासाथ पुल निर्माण ठेक्का प्रक्रियामा जान्छ ।”

दैजी–बेल्डाँडी, बेलौरी डोकेबजार कच्ची हुलाकी सडकका कारण लामो समयदेखि सास्ती खेपिरहेका दक्षिण क्षेत्रका नागरिकलाई हुलाकी मार्ग बनेमा आवागमनमा निकै सहज हुनेछ । “विगत वर्षमा भन्ने हो भने यहाँका सडक निर्माणको गति दुई सय मिटर लामो कालोपत्र गर्ने र मर्मतसम्भारका लागि मात्रै केन्द्रबाट बजेट आउने गरेको थियो ।” मौवारले भन्नुभयो–“अहिले यहाँ पुल निर्माणदेखि सडक कालोपत्र बनाउनसम्मका लागि मन्त्रालयले पर्याप्त बजेट पठाइरहेको छ ।”

हाल कञ्चनपुरमा सडक डिभिजन कार्यालयले मात्रै २२ पुल निर्माण अघि बढाएको छ । त्यसैगरी वर्षौंदेखि अलपत्र परेको ६८ किमी लम्बाइ रहेको दैजी–जोगबुढा सडक खण्ड निर्माण पनि अघि बढेको छ । “बाइस किलोमिटर सडक मात्रै हाम्रो जिल्लामा पर्छ”, उहाँले भन्नुभयो–“अहिले रु ३५ करोडमा निर्माणको ठेक्का प्रक्रियामा छ ।”

त्यसैगरी कलुवापुर–बेलौरी सडक आगामी दुई वर्षमा कालोपत्र गर्ने गरी हाल २३ किमी सडक निर्माण रु ३० करोडमा ठेक्कामा गएको सडक डिभिजन कार्यालयले जनाएको छ । त्यसैगरी हुलाकी राजमार्ग योजना धनगढीका प्रमुख पुरन्थ मण्डलले कञ्चनपुरको डोकेबजारदेखि दैजीसम्मको ६० किमी सडक पक्की बनाउनका लागि ठेक्का प्रक्रिया भइरहेको जानकारी दिनुभयो । “तीन वटा प्याकेज रहेको उक्त हुलाकी सडक दुई वर्षमा निर्माण सक्ने गरी रु डेढ अर्बमा ठेक्का प्रक्रियामा छ ।”

योजना प्रमुख मण्डलले भन्नुभयो–“अबको दुई महिनाभित्र यसको काम सुरु हुन्छ ।” उहाँले कैलालीको धनगढी–भजनी हुलाकी मार्गको पनि निर्माण अघि बढिरहेको जानकारी दिनुभयो । “चवालिस किलोमिटर पहिल्यै भारत सरकारको सहयोगमा बनिसकेको छ”, मण्डलले भन्नुभयो,“अहिले १८ किलोमिटर सडक बनाउन रु ४४ करोडको ठेक्का प्रक्रिया अन्तिम चरणमा छ ।”

त्यसैगरी टनकपुर–ब्रह्मदेव लिङ्क रोड पनि पूरा गर्ने गरी मन्त्रालयले कालोपत्र गर्न ठेक्का गरी काम अगाडि बढाइसकेको छ । “लिङ्क रोडमा विगतमा एक दुई करोड रकम निर्माणका लागि आउने गरेको थियो”, मौवारले भन्नुभयो–“यस पटक १३ किलोमिटर लम्बाइ भएको उक्त रोड पूरा गर्ने गरी रु ३७ करोडमा ठेक्का प्रक्रिया भइसकेको छ ।”
मौवारले रासससित भन्नुभयो–“विगत वर्षका प्रगति भनेका सामान्य सडक मर्मतसम्भारका मात्रै हुन्थे ।” जिल्लामा रणनीतिक तहका सडक तथा पुल निर्माण सडक डिभिजनमार्फत तथा स्थानीय सडक जिविस र नगर क्षेत्रका सहरी सडक भीमदत्त नगरपालिका कार्यालयले निर्माण गरिरहेको छ ।

भीमदत्त नगरपालिका कार्यालयका इन्जिनियर हिमालयसिंह ऐरले नगरपालिका आफैँले नगरक्षेत्रमा सातदेखि आठ किमी सडक कालोपत्रे गरिरहेको जानकारी दिनुभयो । “आठ वटा कल्भर्ट निर्माणका लागि पनि ठेक्का प्रक्रिया भइरहेको छ”, ऐरले भन्नुभयो । सघन सहरी विकास कार्यक्रमअन्तर्गत पनि यहाँका १४ सडक कालोपत्र भइरहेको जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL