Breaking News Wednesday, 4 Jan, 2017
Prestige Media

यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न सकिँदैन – गठबन्धन

काठमाडौँ, २० पुस । सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ ।

आज यहाँ बसेको गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवम् सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासो समेत गरेको छ । बैठकले संशोधनका सम्बन्धमा सर्वाेच्च अदालतले गरेको निर्णय उचित भएको जनाउँदै ‘अदातलले जे गर्नुपथ्र्याे त्यही गरेको’ निष्कर्ष निकालेको छ ।

गठबन्धनले संशोधनको प्रस्ताव अघि नबढाई घोषणा हुने निर्वाचनको कुनै अर्थ नहुने निष्कर्ष निकालेको संयोजक यादवले बताउनुभयो । बैठकले आजको काठमाडौँ उपत्यका बन्दप्रति गठबन्धनको ध्यानाकर्षण भएको जनाउँदै सर्वसाधारण जनतालाई उचित मुआब्जा दिएर मात्र बाटो विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकमा संयोजक यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका महासचिव मनिष सुमन, सङ्घीय लिम्बूवान् पार्टी नेपालका कुमार लिङ्देन, थरुहट तराई पार्टीका भानुराम थारुलगायत उपस्थित हुनुहुन्थ्यो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL