Breaking News Wednesday, 4 Jan, 2017
Prestige Media

सर्वोच्चको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको छ – नेता नेपाल

काठमाडौँ, २० पुस । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताउनुभएको छ ।

नेकपा (एमाले)सहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने जनप्रदर्शनको सन्दर्भमा प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवादमा पूर्वप्रधानमन्त्री नेपालले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाउने सर्वोच्चको आदेश स्वागतयोग्य रहेको बताउनुभयो ।

“सर्वोच्चको आदेश स्वगतयोग्य छ, ५ नम्बर प्रदेश टुक्र्याउन खोज्ने सरकारको कदम जनभावना विपरीत छ,” उहाँले भन्नुभयो । सर्वोच्चको आदेश र एमालेसहित नौदलको जनप्रर्दशनपछि संविधान संशोधनलाई थाँती राखेर साझा सरोेकारका विषयमा संविधान कार्यान्वयन र तीनवटै निकायको निर्वाचनमा जान उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

नेता नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समेत देशलाई झमेलामा पार्ने काम नगराउन आग्रह गर्नुभयो । “शेरबहादुर देउवा पाको मान्छे हुनुहुन्छ, प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको गल्तीको तमासा हेर्ने होइन, सच्चाउनस्, रोक्नुस्, के कारणले उहाँले यो काम गर्दै हुनुहुन्छ बुझ्नुस्, आवश्यक परे एमाले सहयोगी हात फैलाउन तयार छ ।”

प्रदेशसभाको निर्वाचन नभएसम्म संविधान संशोधनको प्रस्ताव फिर्ता लिने आफूले विश्वास लिएको नेता नेपालको भनाइ थियो । संसारका धेरै देश जातीय र धार्मिक कुरामा सर्तक हुन थालेका उल्लेख गर्दै उहाँले भारतको सर्वोच्च अदालतले जातीय र धार्मिक कुरामा चुनावको विषय बनाउन पाउँदैन भनेर फैसला गरेको हुँदा नेपाली राजनीतिक दलले पनि सो कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पाँच नम्बर प्रदेश टुक्र्याउने सुरुवात मात्र भएको नेता नेपालले बताउनुभयो । “तराई विखण्डन नगरे हामी चुप लागेर बस्दैनाँै भन्ने कुरा आएको छ, यो गलत कुरा हो,” उहाँले भन्नुभयो । सबै जातजातिको साझा देश भएको हुँदा पारस्पारिक एकता, समान भावका साथ बस्नुपर्ने नेता नेपालको भनाइ थियो ।

नेता नेपालले संविधान संशोधनको प्रस्ताव बेमौसमको बाजा भएको र देश टुक्र्याउने, विखण्डन गर्ने कुरामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) गम्भीर नदेखिएकोप्रति एमाले चिन्तित भएको धारणा राख्नुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष एवम् प्रदेश नम्बर ३ का इन्चार्ज अष्ठलक्ष्मी शाक्यले संविधान संशोधनको प्रस्ताव देश टुक्र्याउने, जनभावना विपरीत र असंवैधानिक भएको हुँदा उक्त प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संविधान संशोधन प्रस्ताव संविधानको भावनाविपरीत भएको हुँदा एमालेसहित नौ पार्टीको जनप्रदर्शनलाई सफल पार्न आग्रह गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL