Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

तोकिएको मितिमा स्ववियु निर्वाचन हुने

काठमाडौँ, १९ पुस । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएको मितिमा जसरी पनि गराउनुपर्नेमा सहभागीले जोड दिएका छन् ।

अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले आज ‘अबको स्ववियु निर्वाचन’ विषयक बहस कार्यक्रममा उनीहरुले विगत ७ वर्षदेखि स्ववियु निर्वाचन नहँुदा विद्यार्थी आन्दोलनको धराशायी बन्दै गएकाले तोकिएको मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका हुन् । एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कोही जित्ने वा हार्नेभन्दा पनि विद्यार्थी आन्दोलन जोगाउनका लागि स्ववियु निर्वाचन आवश्यक भएको बताउनुभयो । उहाँले स्ववियु निर्वाचनमा जित्नेभन्दा हार्नेले लोकतन्त्र जोगाउने भएकाले निर्वाचन जसरी पनि गर्नुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको विद्यमान कानुन अवलम्बन गरेर होस् वा कानुन संशोधन गरेर भए पनि निर्वाचन गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले विद्यार्थी सङ्गठन यसपटक स्ववियु निर्वाचन गर्न तयार देखिएको निर्वाचन हुने बताउनुभयो । उहाँले आगामी फागनु १४ गते जसरी पनि निर्वाचन हुने बताउनुभयो ।

त्रिविले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरिसकेको छ । “गत वर्ष पनि हामीले निर्वाचन गर्न अभ्यास गरेका थियौँ । तर सम्भव भएन”, उहाँले भन्नुभयो–“यसपटक हामीले विद्यार्थी सङ्गठनसँग पटकपटक छलफल गरेका छौँ ।” उहाँले निर्वाचनमा उमेर हद–बाधा नबन्ने भन्दै निर्वाचन प्रणालीका सन्दर्भमा भने सङ्गठन एकमत हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नबिना लामाले स्ववियु नहुँदा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएकाले जसरी पनि स्ववियु निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो सङ्गठन जित वा हार नभई स्ववियु निर्वाचन गर्न जस्तोसुकै परिणाम भोग्न पनि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका सहमहामन्त्री प्रेमराज जोशीले स्ववियु निर्वाचनको गराउने सुनिश्चिता भए आफ्नो सङ्गठनले उमेर र प्रणालीका बारेमा विवाद नगर्ने बताउनुभयो । अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले विद्यार्थी आन्दोलनको रक्षा गर्न स्ववियु निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा मधेसी विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले क्याम्पसको विद्यार्थीको हकहितको रक्षाका लागि स्ववियु निर्वाचन हुनुपर्ने बताउनुभयो । अनेरास्ववियुका सचिव सुदेश पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै अहिलेको स्ववियुको पुनः संरचना गरेर तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL