Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

सहमतिमै संशोधन प्रस्ताव पारित हुन्छः सभापति देउवा

काठमाडौँ, १९ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सबै दलको सहमतिमा पारित हुने दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै आज सभापति देउवाले छिट्टै संसद्को गतिरोध अन्त्य हुने र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत सबै दलको सहमतिमा संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्नुभयोे । संसद्मा पेस भएको संशोधन विधेयक जस्ताको त्यस्तै पारित हुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न दलहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य छ ।”

सभापति देउवाले राजनीतिक गतिरोध अन्त्य गर्न सर्वाेच्च अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै संसद्को आगामी बैठक सुचारु गर्न एमाले सहमत हुने आशा व्यक्त गर्नुभयो । आगामी वैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जुन भए पनि निर्वाचन हुने दाबी गर्दै उहाँल २०७४ मङ्सिरसम्ममा तीनवटै निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा सभापति देउवाले छिट्टै पार्टीका केन्द्रीय विभाग गठन हुने र पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने जानकारी गराउनुभयो । उहाँले निर्वाचनको तयारीका लागि सबै केन्द्रीय सदस्यलाई जिल्ला पठाइसकेको बताउँदै त्यसपछि सबै भ्रातृ संस्थालाई परिचालन गरिने धारणा व्यक्त गर्नुभयो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL