Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

आमसभा सफल पार्न निर्देशन

काठमाडौँ, १९ पुस । नेकपा (एमाले)ले संविधान सशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते हुने आमसभालाई सफल तुल्याउनका लागि सशक्त र प्रभावकारी भूमिका खेल्न सांसदलाई निर्देशन दिएको छ ।

व्यवस्थापिका–संसद् भवन, बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले राजधानीको खुलामञ्चमा आयोजना हुने उक्त आमसभामा धेरैभन्दा धेरै जनसहभागिता जुटाउने तयारीमा लाग्न सांसदलाई निर्देशन दिनुभयो ।

एमालेले पार्टी स्थायी समितिको आजको निर्णयबारे सांसदलाई जानकारी दिने उद्देश्यले उक्त बैठक आयोजना गरेको थियो । बैठकमा पार्टी अध्यक्ष ओलीले संविधान संशोधनका विरुद्ध ५ नं प्रदेशमा हुँदै आएको आन्दोलनलाई अरु प्रदेशमा समेत विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सर्वाेच्च अदालतबाट संविधान संशोधनको प्रस्तावका सम्बन्धमा भएको निर्णयको स्वागत गर्दै बैठकले सरकारलाई संशोधनको प्रस्ताव फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रदेशको सीमाङ्कनका बारेमा एमालेले उठाएको विषयवस्तु, मुद्दा र विचारलाई सर्वाेच्च अदालतले पुष्टि गर्दै सही ठहर गरेको बताउनुभयो ।

सांसद गणेश पहाडीले अदालतबाट संविधान सशोधन विधेयकका सम्बन्धमा आएको निर्णयलाई पार्टीले स्वागत गरेको लगायत समसामयिक विषयमा अध्यक्ष ओलीबाट बैठकमा जानकारी प्रस्तुत भएको जानकारी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL