Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

एघार हजारलाई नयाँ दृष्टि

दाङ, १९ पुस । यहाँको अस्पतालले सन् २०१६ मा ११ हजारभन्दा बढी मोतीविन्दुका बिरामीको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको छ ।

राप्ती आँखा अस्पताल दाङले एक वर्षका अवधिमा दुई लाख २० हजार ५९ जना आँखाका बिरामीलाई सेवा दिएको र तीमध्ये ११ हजार २०५ जनामा मोतीविन्दुका कारण आँखा नदेख्ने समस्या थियो । त्यसैगरी अस्पतालले यस वर्ष निःशुल्क आँखा शिविर र स्कुल आँखा स्वास्थ्य कार्यक्रम गरी निःशुल्क रुपमा २६ हजार तीन सय ४९ जनालाई सेवा दिएको छ ।

त्यस्तै अस्पतालले १० हजार ९५१ जना दृष्टिदोष भएका आँखाका बिरामीलाई सेवा दिएको छ । अस्पतालले सचेतनाका लागि धामीझाँक्री, शिक्षक, आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका र विद्यालयका शिक्षकलाई गरी तीन सय ४६ तालिम दिएको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

यसैबीच यहाँका पत्रकारलाई आधारभूत आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । अरु समुदायलाई आँखा देखाउने पत्रकारले अरुको आँखा बन्द हुन नदिनका लागि आवश्यक ज्ञान दिनका लागि तालिम दिइएको वरिष्ठ नेत्र सहायक शालिकराम गौतमले बताउनुभयो । तालिममा यस क्षेत्रका ४० पत्रकारको सहभागिता थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL