Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

काम प्रभावकारी बनाउन निर्देशन नारायणगढ–मुग्लिन सडकखण्ड थप आधा घन्टा बन्द

चितवन, १९ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्ने समाचार आएपछि स्थानीय प्रशासनले सडक अनुगमन गरी थप आधा घन्टा सडक रोकेर काम प्रभावकारी बनाउन १३ बुदे निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गरिएपछि हरेक दिन बिहान १०ः३० देखि दिउँसो तीन बजेसम्म सडक बन्द गरेर काम गर्न निर्देशन दिइएको हो । यसअघि ११ देखि ३ बजेसम्म मात्र सडक बन्द गरेर काम गर्ने गरिन्थ्योे ।
त्यसैगरी अत्यावश्यकको नाममा धेरै सवारी साधन बन्दका समयमा समेत छोडिएकामा आजदेखि एम्बुलेन्स मात्र छाडिने भएको छ, जसका कारण कामका बेलामा अवरोध कम हुने भएको छ ।
रोकिएका सबारीसाधनलाई क्रमशः मोटरसाइकल, साना सवारी, बस, ट्रक र कम गतिका अन्य सवारीलाई प्राथमिकताका आधारमा छाडिने निर्णयसमेत प्रशासनले गरेकाले यात्रुबाहक सवारी साधन धेरै समय लाइनमा बस्नु नपर्ने भएको छ । ठूला कन्टेनरलाई रातको १२ बजेदेखि बिहान ४ बजेसम्म मात्र चल्न दिइने भएको छ ।
यसैगरी नारायणगढ–मुग्लिन सडकखण्ड भित्र कुनै सवारी साधन बिग्रिएमा २० मिनेटभित्र हटाउन सम्बन्धित ठेकेदारलाई एक÷एक थान स्काभेटर र पावरटेलर राख्न लगाइएको छ । सडकमा खाल्डाखुल्डी र धुलो बढी उडेपछि नियमित पानी हाल्न र खाल्डाखुल्डी सम्याउन ठेकेदारलाई निर्देशन दिइएको छ ।
जीर्ण सडकमा दुर्घटना हुन सक्ने भएकाले ४० थान ट्राफिक सङ्केत र १० वटा घुम्तीमा कन्भेक्स लेन्स तत्काल जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी, नारायणप्रसाद भट्टले बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL