Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

अदालतको निर्णयको स्वागत, विधेयक फिर्ता लिन सत्ता पक्षसँग छलफल गरिने

भक्तपुर, १९ पुस । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले संविधान संशोधनसम्बन्धी सर्वोच्च अदालतको सोमबारको निर्णय स्वागतयोग्य भएको जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा सत्तारुढ दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । संविधान संशोधन प्रस्ताव प्रतिकूल हुने गरी अदालतले फैसला गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जिकिर गर्नुभयो

उहाँले भन्नुभयो – “सीमाङ्कनबाहेक सबै विषय संसद्को अधिकारमा पर्ने भएकाले सत्तारुढ दललाई संशोधन विधेयक फिर्ता लिन आग्रह गर्ने निर्णय भएको छ ।” बैठकले सीमाङ्कनको हेरफेरसम्बन्धी विषय प्रदेशसभाको विषय भएकाले प्रदेशसभाले निर्णय नगरी सीमाङ्कनको निर्णय संसद्ले गर्न नमिल्ने निर्णय गरेको पनि गौतमले बताउनुभयो ।

नेता गौतमले भन्नुभयो, “सरकारले पहाड र मधेस अलग गरी देशलाई बर्बाद गर्नेखालको प्रस्ताव ल्याएकाले संसद् अवरोध हटाएर सत्तारुढ दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय भएको छ ।” उहाँले संशोधन प्रस्ताव दर्ता गर्ने दल र सरकारले तराई र पहाडलाई अलग गर्नुपर्ने कारणको जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।
यही पुस २२ गतेको जनप्रदर्शनलाई सशक्त, व्यवस्थित र मर्यादित बनाउने विषयमा समेत बैठकमा छलफल गरेको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीको सहभागिता थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL