Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

गाउँ गाउँमा मतदाता नामावली सङ्कलन

बैतडी, १९ पुस । आसन्न निर्वाचनको तयारीस्वरुप जिल्ला निर्वाचन कार्यालय बैतडीले जिल्लाभरि फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालनका लागि गाउँगाउँ टोली परिचालन गरेको छ ।

पुस दोस्रो सातादेखि सुरु भएको सङ्कलन तथा अद्यावधिक कार्य हालसम्म जिल्लाका ११ गाविस, पाटन नगरपालिकाका दुईवटा वडा र दशरथचन्द नगरपालिकाका तीनवटा वडामा सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालय बैतडीका कम्प्युटर अपरेटर उमेशराज जोशीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो “पुस १२ गतेदेखि सुरु भएको सङ्कलन कार्यमा हालसम्म ४८० जनाको नाम दर्ता भइसकेको छ ।”

आउँदो माघ १४ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाभरि सात टोली परिचालन गरिएको छ । यसअघि नामावली दर्ता गराएका तर नामावलीमा त्रुटि देखिएका, विदेशमा बसोबास गरिरहेका, बसाइँसराइ, मृत्यु, आदि कारणले अद्यावधिक गर्नुपर्ने र नयाँ नागरिकता लिएका मानिसले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने उद्देश्यले उक्त कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालय बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीतबहादुर रोकायाले बताउनुभयो ।

जिल्लाका ५६ गाविस र दुई नगरपालिकाका प्रत्येक वडामा सञ्चालनमा रहेकोे कार्यक्रम प्रत्येक दर्ता केन्द्रमा दुई दिनसम्म मतदाता नामावली सङ्कलन तथा दर्ता कार्य गरिन लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यस कार्यमा आम मानिसलाई उत्प्रेरित एवम् सुसूचित गर्न सम्पूर्ण राजनीतिक दलका संयन्त्र, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारकर्मी र मतदाता स्वयम्ले सक्रिय भूमिका खेलिदिन जिल्ला निर्वाचन कार्यालय बैतडीले आग्रह समेत गरेको छ ।

विभिन्न राष्ट्रिय निर्वाचन, जनमत सङ्ग्रह, स्थानीय निकायको निर्वाचनलगायत प्रयोजनका लागि फोटोसहितको मतदाता नामावली तथा अद्यावधिक कार्य भइरहेको हो । निर्वाचन आयोगले निर्वाचनमा हुने गरेका त्रुटि सच्याउन र मतदाता नामावली अद्यावधिक गर्न फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कामको २०६७ भदौ २८ गतेदेखि नै थालनी गरेको हो ।

उमेरले १६ वर्ष पुगेपछि नागरिकता प्रमाणपत्र लिन पाइने भएपनि मतदाता बन्नका लागि १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

जिल्लामा २०७३ असोज मसान्तसम्ममा ६० हजार ७९६ पुरुष तथा ६४ हजार ३१९ महिला गरी एक लाख २५ हजार ११५ जनाको मतदाता नामावली नाम दर्ता भइसकेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL