Breaking News Tuesday, 3 Jan, 2017
Prestige Media

चिसोका कारण भूकम्पपीडित मारमा

मेलम्ची, १९ पुस । सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविसमा चिसो बढेसँगै जनजीवनका साथै चिसोका कारण भूकम्पपीडित मारमा परेका छन् ।

जिल्लाभरका हिमाली भेगमा हिउँ तथा बेँसी भेगमा आइतबारदेखिको सिमसिम वर्षाका कारण चिसो बढ्नुका साथसाथै बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ ।

२०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको छानाको भरमा जीवन बिताउन बाध्य छन् ।

वर्षा र हिमपातका कारण चिसो बढेकाले अब कसरी दिन बिताउने भन्ने अन्योलमा भूकम्पपीडित छन् । विशेषगरी जिल्लाको हिमाली ग्रामीण भेगका बासिन्दालाई जाडोले सताएको छ ।

उच्च हिमाली भेग गुन्साका काले गोले जस्ताले बारेको टहरोबाट शीत चुहिनेदेखि चिसो हुरिले पाल उडाउने सम्म गरेको गुनासो गर्छन् ।

भूकम्पले गाउँनै तहसनहस बनाएपछि शेर्माथाङमा सानो टहरा बनाएर आश्रय लिएर बसिरहेका कर्मतोक्पे लामाले आफूलाई टहरामा चिसोले निकै सताउने गरेको बताए ।

लामा भन्छन् –“टहरामा डेढ वर्ष अर्थात दुईवटा चिसो कट्यो, अझै सकसमा बाँच्नुपर्ने स्थिति रहेको छ । पुनःनिर्माणका लागि सरकारले समेत एकमुष्ट रकम नदिँदा यस्तो समस्या भएको हो ।”

लामा जस्तै जिल्लाभरका अधिकांश पीडितले पोख्ने गुनासो एउटै हो । चिसो मौसम मध्य भइसक्दा समेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनःनिर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको पीडित बताउँछन् ।

घाम लागेको दिन केही सहज भएता पनि साँझ ढल्कँदै गएपछि रात कसरी कटाउने भन्ने कुराले पिरोल्ने गरेको मेलम्ची नगरपालिका– १२ का विष्णु गजुरेल बताउँछन् ।

गजुरेल मात्र होइन अहिले जाडोयाम बिताउन जिल्लावासीलाई धौधौ हुने देखिएको छ । घर भुइँचालोले ढालेपछि विस्थापित भएर टहरापालमा बसिरहेकाको जीवन कष्टकर हुँदै गएको हो ।

सदरमुकाम चौताराबाट उत्तर पश्चिममा पर्ने गणेश हिमाल र त्यसको आसपासमा पर्ने हेलम्बु किउलवासीलाई हिमालको चिसो सिरेटोले रात बिहान पिरोल्ने गरेको बताए ।

भोताङ क्षेत्रका २०० भन्दा बढी परिवारको अवस्था पनि उस्तै कष्टकर छ । कतिपय जाडोबाट बच्न राजधानी पसेका छन् भने केही परिवार आफ्नै थलो फर्केका र केही जाडो छल्न बेँसी सर्ने गरेका छन् ।

आहिले हेलम्बु, भोताङ, बासखर्क, गोल्चे, गुम्बा, स्याउले र सेलाङलगायत धेरै स्थानबाट विस्थापित भएर बासखर्कमा शिविर नै बनाएका छन् ।

मध्यपहाडी भेगको तुलनामा हिमालीलाई धेरै समस्या हुने देखिएको छ भने तातोपानीदेखि हेलम्बुसम्म लेकाली भेगका विस्थापित बासिन्दा जाडोको चपेटामा परेका छन् ।

भूकम्प गएको डेढ वर्ष भन्दा बढी बितिसक्दा पनि सरकारको पुनःस्थापनाको आशमा बसिरहेका विस्थापित पालमा नै जीवन गुजारिरहेका छन् ।

स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले विस्थापितले घर बनाउँछौँ भनेर पहिलो किस्ता रु ५० हजार लिइसकेकाले वास्तविक विस्थापित छुट्याउनुपर्ने र विवरण तयार गर्नुपर्ने देखिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले विस्थापित कुल कति छन् भन्नेबारे अहिलेसम्म यकिन तथ्याङ्क सङ्कलन भइनसकेको बताउनुभयो ।

विस्थापितको पुनर्वासको लागि आहिलेसम्म स्पष्ट कार्यविधि नआएकाले पनि यस्तो समस्या देखिएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL