Breaking News Monday, 2 Jan, 2017
Prestige Media

क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने

पोखरा, १८ पुस । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित माघ २७ देखि फागुन २८ पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा कृषि तथा हस्ताकलाका वस्तु, लघु एवम् घरेलु तथा साना उद्योग प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्ने महोत्सवको उद्देश्य रहेको जानकारी दिइयो ।

स्थानीय उत्पादनको बजारीकरण गर्ने सोचका साथ बाह्र बर्षअघि सुन्तलाबाट सुरु गरिएको महोत्सवको प्रभावले यस क्षेत्रमा रहेका सात तालको संरक्षण र कृषि उत्पादनमा वृद्धि हुनुका साथै आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा सहयोग पुगेको सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी बताउनुहुन्छ ।

उहाँका अनुसार सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालय र पशु उत्पादन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सहआयोजक रहेको सो महोत्सवको नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको छ ।

भण्डारढिकस्थित लेखनाथ रङ्गशालामा हुँदै आएको महोत्सव यस पटक भने तालचोकस्थित लगभग ५० रोपनी व्यक्तिगत जमिनमा हुने भएको छ ।

विभिन्न प्रकारका तीन सयवटा स्टल रहने सो महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने र रु १५ देखि २० करोड बराबरको आर्थिक कारोबार हुने प्रचारप्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिनुभयो । महोत्सवमा रु ९० लाख रुपैयाँ आम्दानी र रु ८० लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL