Breaking News Monday, 2 Jan, 2017
Prestige Media

व्यावसायिक बन्दै गाउँका महिला

तेह्रथुम, १८ पुस । तेह्रथुमका दक्षिणी भेगका ग्रामिण महिला व्यावसायिक बनेर आत्मनिर्भर बन्न थालेका छन् ।

छथर क्षेत्रमापर्ने हमरजुङ, सुदाप, ओख्रे, फाक्चामारा र पञ्चकन्या गाविसका महिला अदुवा, अकबरे खुर्सानी, तरकारीखेती र ढाका बुनाइ तर्फ आकर्षित भएका हुन् ।

महिलाको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई आर्थिकरुपमा समेत आत्मनिर्भर बनाउन बस्ती÷बस्तीमा महिला समूह गठन गर्दै आर्थिक उन्नतिका लागि कार्यक्रम लागू भएपछि महिलाको आर्थिकस्तर बढेको हो । घरभित्रको चुलो चौकोमा सीमित महिला पनि पुरुष जस्तै पेसा व्यवसाय गरेर मनग्ये आम्दानी गर्न थालेपछि गाउँमा महिला हिंसा भएका घटनासमेत त्यति सुनिन्दैनन् ।

गाउँमा गठन भएका महिला समूहमा उनीहरुले आफ्नो क्षमता र रुचि अनुसारको व्यवसाय छनोट गरी तालिमसमेत लिएर एक्लै तथा सामूहिक रुपमा व्यावसायिक कार्य गर्दै आएका छन् । उनीहरुलाई समूह गठनदेखि सचेतीकरण, तालिम र खेती प्रविधि सिकाएर व्यवसाय गर्न तथा उत्पादित बस्तुको बजार व्यवस्थापन गर्नसम्म दलित सचेतना समाज (ड्यास) नेपाल नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ ।
महिलाले ठाउँ र सम्भावनालाई समेत हेरेर व्यवसाय सुरु गरेका छन् । यी पाँच गाविसका विपन्न बस्तीमा १९ वटा महिला समूह गठन गरिएका छन् । हरेक समूहमा आवद्ध ३० देखि ४० महिलाले आफ्नो रुचि अनुसारका फरक÷फरक तर व्यावसायिक रुपमा खेती गर्दै आएका छन् ।

तमोर नदीसँग जोडिएको पानी कम हुने फाक्चामारामा कृषिजन्य उत्पादनको सम्भावना नदेखर महिलाले सामूहिक रुपमा ढाका व्यवसाय सुरु गरेका छन् । सोही गाविसका माथिल्लो बस्तीका महिलाले अकबरे खुर्सानी र अदुवाको खेती गर्दै आएका छन् । यस्तै सुदाप र ओख्रेमा गठन भएका विभिन्न समूहका महिलाले अकबरे खुर्सानी र अदुवाको व्यावसायिक खेती गरिहेका छन् ।

ओख्रेकै केही महिलाले बङ्गुरपालन समेत सुरु गरेका छन् । बङ्गुरपालनका लागि अनुदानमा पाएको रु चार हजार ५०० ले दुईवटा पाठा किनेर पाल्नुभएकी आखे्र– ८ की बुधमाया बराइलीले एक वर्षमा २५ हजार रुपैयाँ आम्दानी गर्नुभएको छ ।

यस्तै अदुवा र अकबरे खुर्सानीबाट पनि यहाँका महिलाले वार्षिक रु पाँच हजारदेखि रु ५० हजारसम्म आम्दानी गरिरहेका छन् । ढाकाबाट पनि मासिक रु १० हजार कमाउने गरेको हमरजुङ्की शुष्मा कार्कीले बताउनुभयो । हातमा सीप भएपछि धेरै आम्दानी नभए पनि आत्मनिर्भर हुँदा धेरै खुसी रहेको उहाँले बताउनुभयो ।

अदुवा, खुर्सानी र तरकारी खेतीका लागि समूहलाई ड्यासले छुट्टछट्टै तालिमको आयोजना गरी प्रविधि सिकाउने व्यवस्था गरेको थियो । ढाकाका लागि लामो समयसम्म सिक्नुपर्ने भएपछि शुक्रबारे बजारमा तालिम केन्द्रकै रुपमा प्रशिक्षक राखेर निरन्तर तालिम समेत भइरहेको छ ।

अहिलेसम्म साढे तीन सय भन्दा बढी महिलाले ढाका तालिम लिइसकेको ड्यासका कार्यक्रम संयोजक पुष्पा कार्कीले बताउनुभयो । कुन व्यवसायमा कति महिला आवद्ध छन् भन्ने तथ्याङ्क नभए पनि समूहमा आवद्ध ५५९ महिलाले कुनै न कुनै व्यावसायिक पेसा अपनाएको ड्यास नेपालका निर्देशक कुमार विशङखेले बताउनुभयो ।

महिलाले गरेको व्यावसायिक खेती तथा व्यवसायबाट उत्पादित बस्तुको बजार प्रबद्र्धनका लागि समेत आफूहरुले पहल गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

महिलाले आम्दानी गर्न थालेपछि बचतका लागि सहकारी समेत गाउँमै खोलेका छन् । नजिकमा अन्य वित्तीय संस्था नभएका यी दुर्गम गाविसमा महिलाकै नेतृत्वमा अहिलेसम्म दुईवटा सहकारी खुलिसकेका छन् । सहकारीमा दुई सय भन्दा बढी महिला आबद्ध छन् । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL