Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

द्वन्द्वका घाइतेको निःशुल्क उपचारको व्यवस्था

नेपालगन्ज, १७ पुस । सशस्त्र द्वन्द्वमा घाइते भएकाहरुको अबदेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।

शान्ति कोष सचिवालयको आर्थिक सहयोगमा द्वन्द्वपीडित अपाङ्ग व्यक्तिलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याइएको छ । सो अस्पतालका छाला रोग विशेषज्ञ डा बद्री चापागाईंले कार्यक्रमअन्तर्गत बिरामीको उपचारका साथै निजका सहयोगीलाई यातायात खर्च, आवासको व्यवस्थासमेत गरिएको छ ।

मध्य तथा सुदूरपश्चिमका करिब पाँच हजार त्यस्ता पीडितलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अस्पतालका वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । यसैबिच, कुहिने अवस्थामा पुगेको चामललाई पालिस लगाएर नयाँ जस्तो बनाई बिक्री गर्न ठिक्क पारेको करिब २५ बोरा चामल आज जिल्लास्तरीय अनुगमन टोलीले बरामद गरेको छ ।

अनुगमन समितिका सदस्य अच्युत खरेलका अनुसार स्थानीय अमर राइस मिलको गोदामबाट बरामद गरिएको सो चामललाई अनुगमन टोलीले सिल गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यसअघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत नेतृत्वको अनुगमन टोलीले नेपालगन्जका विभिन्न पसलको अनुगमन गरेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL