Breaking News
Sunday, 1 Jan, 2017
गोरखाको उत्तरी भेगमा हिमपात
गोरखा, १७ पुस । उत्तरी गोरखाका सामागाउँ, छेकम्पार, ल्हो, प्रोक गाविसलगायत हिमाली भेगमा आज दिउँसोदेखि हिमपात भइरहेको छ ।
हिउँ परेपछि स्थानीयबासी आगो तापेर घरमा बसेका छन् । बारपाक, लाप्राक, घ्याच्चोक, गुम्दालगायत क्षेत्रमा पानीसँगै असिना परेको स्थानीयबासीले बताएका छन् । सिर्दिवासदेखि उत्तरी क्षेत्रका सातवटा गाविसमा टेलिफोन सेवा अवरुद्ध छ ।
पानीसँगै हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । साम्दोका निमा दोर्जेका अनुसार हिमपात र पानी परेपछि टहरामा बस्दै आएका भूकम्पपीडित समस्यामा परेका छन् ।







