Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

खाद्यान्न बालीको उत्पादन सन्तोषजनक

काठमाडौँ, १७ पुस । आव २०७३÷७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न भए पुग्छ ।

आलुलाई खाद्यान्नका रुपमा प्रयोग गर्ने हो भने हालको उत्पादनको तुलनामा वार्षिक ३२ लाख मेट्रिक टन अन्न निर्यात गर्न सकिन्छ । यस वर्ष आलुको उत्पादन २८ लाख मेट्रिक टन भएको छ ।

कृषि विकास मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कलाई विश्लेषण गर्दै तथ्याङ्क शास्त्री रामकृष्ण रेग्मीले नेपालीले खाने बानीमा सुधार गर्ने हो भने यस वर्षबाट नेपालीका लागि खाद्यान्न आयात गर्न नपर्ने बताउनुभयो ।

कृषि विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता योगेन्द्रकुमार कार्कीले धानमा २१ दशमलव ०२२, मकैमा एक दशमलव २५, कोदोमा एक प्रतिशत र फापर (तीते र मीठे) मा सन्तोषजनक वृद्धि भएकाले खाद्यन्न आयात गर्न नपर्ने बताउनुभयो ।

गतवर्ष धान ४२ लाख ९९ हजार मेट्रिक टन मात्र उत्पादन भएकामा यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष मकै २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएकामा यसवर्ष २२ लाख ५९ हजार मेट्रिक टन, गतवर्ष कोदो तीन लाख दुई हजार मेट्रिक टन उत्पादन भएकामा यसवर्ष तीन लाख छ हजार मेट्रिक टन उत्पादन भएको छ ।

त्यसैगरी गतवर्ष फापरको उत्पादन ११ हजार ६०० मेट्रिक टन भएकामा यसवर्ष ११ हजार ८०० मेट्रिक टन उत्पादन भएको छ । गहुँको उत्पादन गतवर्ष १७ हजार मेट्रिक टन भएको थियो । यसवर्ष गहुँखेती सुरुवात हुँदैछ ।

वार्षिक बालीनालीको स्थितिका सम्बन्धमा विशेष गरी धान, मकै, कोदो तथा फापर उत्पादनको अवस्था र खपतका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा कृषि विभागका महानिर्देशक युवकध्वज जिशीले समयमा वर्षा भएको, उन्नत मल बीउबिजन उपलब्ध गराउन सकिएको, कृषिमा क्रमशः आकर्षण बढेकाले खाद्यान्न बालीको अवस्था सन्तोषजनक देखिएको जानकारी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL