Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

सहकारीको बचत रकम संरक्षण गर्न सरकार प्रतिबद्ध – मन्त्री थामी

काठमाडौँ, १७ पुस । विसं २०१३ मा नेपालमा सुरु भएको सहकारी अभियान ग्रामीण समुदायको संलग्नता कारण विस्तार हुँदैगएको छ ।
राष्ट्रिय सहकारी सङ्घ लिमिटेडको २४ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ३२ हजार २७४ सहकारी संस्थामा संलग्न व्यक्तिको सङ्ख्या ६७ लाख ५४ हजार २७३ जना पुगेको जानकारी दिइयो । यसमा महिलाको आवद्धता ५० प्रतिशतभन्दा माथि छ । यस क्षेत्रमा हालसम्म रु ९४ अर्ब ९८ करोड २४ लाख सेयर पँुजी लगानी भएको छ भने रु दुई खर्ब ३१ अर्ब बचत रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थामीले सरकारी र निजी बैँक नपुगेको दुर्गम क्षेत्रमा सहकारी पुगेकाले गाउँ गाउँमा आर्थिक गतिविधि तीव्र भएको बताउनुभयो ।

उहाँले टीका लगाउँदा पाएको दाम, बाख्रा बेचेको पैसा, दूघ बेचेको पैसा जम्मा गरी सङ्कलन भएको सहकारीको बचत कुनै पनि हालतमा दुरुपयोग हुन नहुने र त्यस्ता बचत रकम संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री थामीले सहकारीलाई खुम्चाउने वा नियन्त्रण गर्ने सरकारको कुनै सोचाइ नभएको पनि प्रस्ट पार्नुभयो ।

मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सहकारीको आन्दोलन सङ्ख्यात्मक रुपमा उकालो लागेपनि गुणात्मक सुधार गर्नुपर्ने चुनौती विद्यमान रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष केशव बडालले प्रतिवेदन प्रस्तुत गर्दै सहकारी क्षेत्रमा जनताको आकर्षण बढ्दै गएकाले यसको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

सहकारी संस्थाले ५३ लाख व्यक्तिलाई अप्रत्यक्ष रोजगारी दिएको बताइएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL