Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

‘किसान’ समुदायको माग

बिर्तामोड, १७ पुस । झापामा मात्र बसोवास रहेको लोपोन्मुख समुदाय किसानले राजनीतिक परिवर्तनका खातिर दलहरुलाई सहयोग गरे ।
उनीहरु त्यसरी सहयोग गरेकामा केही नपाएको दुःखेसो पोख्छन् । “हामीलाई राजनीतिक दलहरुले भोट बैङ्क मात्र बनाए,” किसान समुदायका एक अगुवाले भन्नुभयो, “तर समुदायको उत्थानका लागि कुनै पनि दलले चासो नदेखाउँदा दुःख लागेको छ ।”

झापाका मेचीनगर, बाहुनडाँगी, शान्तिनगर, धाइजन, बुट्टाबारीलगायत ठाउँमा बसोवास रहेको सो जाति लोपोन्मुख समुदायमा सूचीकृत छ । राज्यले लोप हुन लागेको जाति भनेर मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यही पैसाले उनीहरुले आफ्नो जीविका चलाउँदै आएका छन् ।
राजनीतिमा यिनीहरुको खासै रुचि छैन । राजनीतिक चेतनाको अभावले किसान समुदायको उत्थान हुन नसकेको उनीहरुको बुझाइ छ ।

चुनावका बेला मात्र पुग्ने राजनीतिक पार्टीका नेता अरु बेला यो समुदायको खोजीनीति नै गर्दैनन् । ‘हाम्रो सोझोपनको फाइदा उठाउने काम मात्र भएको छ,’ किसान समुदाय प्रतिष्ठानका अध्यक्ष कहरु किसानले भन्नुभयो– “के गर्नू, हामी पढेलेखेका परेनौँ ।”

विसं २०६८ को जनगणनानुसार किसान समुदायको जनसङ्ख्या एक हजार नौ सय छ । त्यसमा तीनदेखि चार जनाले मात्र राजनीति तथा सामाजिक गतिविधिबारे केही बुझेका छन् । स्थानीयस्तरमा हुने कार्यक्रममा जाने गरेकाले बाहिरी कुरा थाहा पाउने गरेको समुदायका अगुवा जोगी किसान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “हाम्रा अहिलेका पुस्ताले त केही बुझेका छैनन् । केटाकेटी स्कुल जान्छन्, ठूला अरुकोमा मजदुरी गर्छन् ।”

चुनावमा जितेका सांसद फर्किएर नआएको जोगीले गुनासो गर्नुभयो । “हाम्रा लागि यो गर्छौँ ऊ गर्छौँ भने तर खोइ त ?”उहाँले प्रश्न गर्नुभयो । उनीहरु आफ्नो जातिको उत्थानका लागि दलहरुले कार्यक्रम ल्याउन माग गर्छन् ।

नेपाली काँग्रेस झापाका सचिव प्रेम सोम्बाहाम्फे किसान समुदायको शिक्षा, स्वास्थ्यलगायतमा पार्टीले सहयोग गरेको बताउनुभयो । उहाँले गरिबी न्यूनीकरणका लागि भनेर किसान बस्तीमा सुँगुरको पाठो वितरण गरिएको जानकारी पनि दिनुभयो ।

नेकपा(एमाले) झापा १ नं क्षेत्रीय इन्चार्ज गोपाल बुढाथोकीले किसान समुदायको जीवनवृत्तिका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले समुदाय उत्थानका लागि पार्टीले राज्यसँग पहल गर्न भूमिका मात्र खेल्न सक्ने उल्लेख गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का मेचीनगर इन्चार्ज प्रकाश भण्डारीले माओवादी आन्दोलनले किसान समुदायले पनि अधिकार प्राप्त गरेकाले यो नै ठूलो उपलब्धि भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीले किसान जातिमा आइपरेका समस्यामा सहयोग गरिरहेको बताउनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL