Breaking News Sunday, 1 Jan, 2017
Prestige Media

कृषक हितकोष स्थापना

बाबियाचौर (म्याग्दी), १७ पुस । म्याग्दीको भकिम्ली–२ छेपारेका बासिन्दाले कृषक हितकोष स्थापना गरेका छन् ।

छेपारेमा रहेको मिलीजुली कृषक समूहले एक लाख रुपैयाँको कृषक हितकोष स्थापना गरेको हो । समूहमा आबद्ध १६ जना कृषकले मासिक रुपमा बचत सङ्कलन र सामूहिक तरकारीखेती मार्फत भएको आम्दानीले कोष स्थापना गरिएको सदस्य रुद्र श्रीसले जानकारी दिनुभयो ।

कोषमार्फत विपन्न समुदायका कृषकलाई मलबीउ खरिदका लागि सहुलियत ब्याजदरमा रकम उपलब्ध गराउने गरिएको छ । कोषबाट हाल सात जनाले वार्षिक १ प्रतिशत ब्याजदरमा ऋण लगेका छन् ।

एक जनालाई एक पटकमा रु पाँच हजारदेखि रु दश हजारसम्म ऋण उपलब्ध गराउने गरिएको छ । उनीहरुले मासिक रुपमा बस्ने बैठकमा प्रतिव्यक्ति रु ५० का दरले समूहमा बचत गर्छन् ।

सो समूहमार्फत छेपारेमा तीन रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारीखेती समेत गरिएको छ । समूहको कोष वृद्धि, अनुभव आदानप्रदान र व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण गर्न सामूहिक तरकारीखेती गरिएको श्रीसले बताउनुभयो । वार्षिक पाँच हजार रुपैया भाडा तिर्ने गरी जग्गा भाडामा लिइएका हो ।

एक याममा तरकारी बेचेर ३० हजार रुपैयाँसम्म आम्दानी गरेका उनीहरुले खर्च कटाएर पन्ध्र हजार हितकोषमा बचत गरेका छन् । सो जग्गामा उनीहरुले बन्दा, काउली, गोलभँेडालगायत मौसमी तथा बेमौसमी तरकारीखेती गर्ने गरेका छन् । समूहलाई जिल्ला कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा खनजोतमा प्रयोग हुने मिनीटिलर हलो उपलब्ध गराएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL