Breaking News Saturday, 31 Dec, 2016
Prestige Media

भोलिदेखि भारतबाट थप ४० मेगावाट विजुली भित्रिदै

'सन् २०१७ भित्रै देश लोडसेडिङमुक्त हुन्छ'

१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेपछि भारतबाट थप ४० मेगावाट विजुली आयात गर्दैछ । सुख्खायामका कारण नदीहरुमा पानीको बहाब घट्दै गएपछि लोडसेडिङ हटाउने अभियानलाई निरन्तरता दिन प्राधिकरणले भारतबाट थप बिजुली भित्र्याउन लागेको हो ।

भारतको मुज्जफपुरदेखि ढल्केबरसम्म्को अन्तरदेशीय प्रसारणलाइनबाट थप विजुली आयात हुने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । उनकाअनुसार भोलि अर्थात जनवरी १ देखि थप ४० मेगावाट भित्र्याउने गरी भएको सम्झौताअनुसार यो बिजुली ल्याउन लागिएको हो । थप विजुली ल्याउन भारतको मुज्जफपुरमा रहेको स्टेशनमा नयाँ ट्रान्सर्फमर जडान गरिएको छ । अहिलेसम्म भारतबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । अब यो बढेर ३ सय ४० मेगावाटको हाराहारीमा पुग्नेछ ।

लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट साढे ५ सय मेगावाट बिजुली भित्र्याउन खोजेको छ । थप बिजुली आयात गर्नेबारे अघिल्लो साता दिल्लीमा सम्झौता भएको थियो । अब फेब्रुअरीदेखि टनकपुरबाट पनि थप ४० मेगावाट बिजुली आयात हुनेछ । यस्तै अन्य अन्तरदेशीय प्रशारणलाइनबाट पनि अरु थप ४० मेगावाट ल्याउने योजना रहेको प्रवक्ता अधिकारीले बताए ।

उनले सन् २०१६ मा प्राधिकरण्काले लोडसेडिङ हटाउन गरेको प्रयत्नलाई सबैले सकारात्मक रुपमा लिएकाले सन् २०१७ भित्रै देशलाई लोडसेडिङमुक्त घोषण गर्ने अभियानमा थालिएको बताए । गतवर्ष झण्डै ३५० मेगावाटसम्म बिजुली भारतबाट आयात भएको थियो । यो वर्ष बिजुली आयात बढेर ४ मेगावाट सय नाघ्ने अनुमान छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL