Breaking News Saturday, 31 Dec, 2016
Prestige Media

पहिला ओलीजीले गाँजा खाएर संशोधनमा हस्ताक्षर गरेको हो ? : देउवा

पुस १६, कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले गरेको संसद बहिष्कार राष्ट्रहित विपरीत भएको बताएका छन् । एमालेले खोक्रो राष्ट्रवादको नारा लगाएको समेत उनले बताए ।

कांग्रेस क्षेत्र नं. १ ले गरेको ४१ औं मेलमिलाप दिवसको अवसरमा बोल्दै कांग्रेस सभापति देउवाले हलो अड्काउन खोजेको एमाले सहमतिमा नआए अब धेरै दिन कुर्न नसकिने बताए । बखेडा रोकेर सहमतिमा नआए जसरी पनि संशोधन प्रस्ताव पारित गरेर छाड्ने उनेले बताए ।

संसद अवरोध गर्दै मधेसी जनतालाई गाली गर्दैमा मुलुकको अस्तित्व रक्षा हुन नसक्ने भन्दै संसद चल्न दिएर गतिरोध अन्त्य गर्न एमाले अग्रसर हुनु पर्नेमा उनले जोड दिए । संसद अवरोध गरेर तथा मधेसीलाई गाली गरेर देशको अस्तित्व रक्षा हुन नसक्ने भन्दै बरु संसद चल्न दिएर राष्ट्रले जित्ने बताए । संविधान संशोधन प्रस्तावमा केपी ओलीले समेत सहिछाप गरेको उनले जिकिर गरे ।

‘सुशील कोइरालासँगै बसेर हस्ताक्षर गर्ने, अहिले होइन भनेर खोक्रो राष्ट्रवादको नारा लगाउन पाइँदैन,’ देउवाले भने, ‘त्यतिबेला गाँजा खाएर हस्ताक्षर गरेको हो की विवेकले गरेको हो प्रष्ट्याउनु पर्छ । कि मैले गल्ती गरेँ भन्नुपर्‍यो, होइन भने देश र जनतालाई ढाँट्न पाइँदैन ।’ देशको बोर्डर जोगाउन खोज्ने मधेसी जनतालाई जथाभावी गाली नगर्न पनि उनले एमालेलाई आग्रह गरे । मधेसबासीलाई एमालेले चर्को आलोचना गरेर पर धकेल्न खोल्दा झन राष्ट्रियता खतरामा पर्ने आफूले महशुस गरेको उनले बताए ।

केही दिनमै संविधान संशोधनको प्रस्ताव पारित भएपछि राजनीतिक संक्रमण अन्त्यको बाटो खुल्ने उनले बताए । मुलुक संकटमा परेको समयमा जहिलेपनि कांग्रेसले मेलमिलाप गर्दै अघि बढेको इतिहास रहेको उनले बताए । बीपी कोइरालाले तत्कालिन अवस्थामा राजासँगको मेलमिलाप नीति लिए जस्तै कांग्रेसले संविधान संशोधन मार्फत जनताको मेलमिलाप चाहेको उनले बताए ।

मधेसी, पहाडी र हिमाली जनताबीचको भावनात्मक एकता र मेलमिलापबाट कांग्रेसले बचाई राख्ने उनले बताए । बीपी कोइरालाले तत्कालिन अवस्थामा राजासँगको मेलमिलाप नीति लिए जस्तै कांग्रेसले संविधान संशोधनमार्फत जनताको मेलमिलाप चाहेको उनले बताए ।

‘पहाड र मधेसका जनताबीच भेदभावको भावना बढाएर देश बन्न सक्दैन,’ देउवाले भने, ‘जनताबीच अविश्वास जन्माएर राष्ट्रियता जोगाउन सकिँदैन । बरु देशको अस्तित्व संकटमा पर्नेछ ।’

संविधान कार्यान्वयनका लागि स्थानीयदेखि संसदसम्मको निर्वाचन १४ महिना भित्रै सक्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL