Breaking News Friday, 30 Dec, 2016
Prestige Media

राष्ट्र जोगाउने चिन्ता काँग्रेसलाई– वरिष्ठ नेता पौडेल

पोखरा, १५ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राष्ट्र जोगाउने चिन्ता काँग्रेसमाथि आइपरेको बताउनुभएको छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला एवम् अधिवेशनको आज यहाँ उद्घाटन गर्दै राष्ट्र र लोकतन्त्रप्रति नंै षड्यन्त्र भइरहेकाले यी दुबैको अस्तित्व जोगाउने जिम्मा काँग्रेसको काँधमा आएको छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले वामपन्थी र दरवारीयाहरुले धेरै भ्रम फिजाए पनि नेपाली काँग्रेस भने राष्ट्रियता र प्रजातन्त्रको आदर्शमा अटुट रुपमा अघि बढेको विचार व्यक्त गर्दै असल चरित्र, संस्कार र धर्मको बाटोमा अघि बढे काँग्रेसलाई कहिल्यै पनि कसैले पराजित गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।

मधेसवादी दलहरुको असन्तुष्टीलाई मिलाएर लैजाने चिन्ता पनि काँग्रेसमा रहेको बताउँदै उहाँले राष्ट्र र जनताको सेवकरुपमा काम गर्न पशु स्वास्थ्य सेवाका प्राविधिकलाई निर्देशन पनि दिनुभयो ।

वरिष्ठ नेता पौडेलले कर्मचारीको पेसागत हकहितका लागि काँग्रेस सधँै साथमा रहने बताउँदै देशमा कृषि र पशुपालन क्षेत्रमा अपार सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो ।

धेरै युवा विदेशवाट सिकेको सीप र ज्ञान प्रयोग गर्दै व्यावसायिक रुपमा यस क्षेत्रमा लागेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद शारदा पौडेल र बद्री पाण्डेले पशु प्राविधिकले जनताको घरघरमा गई उनीहरुको आर्थिक उन्नति गराउन बढी अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
सङ्घका पश्चिमान्चल संयोजक प्रताप पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय महासचिव सुरेश श्रेष्ठ र सल्लाहकार हिमालय बख्रेललगायतले पशु स्वास्थ्य सेवाका समस्या र चुनौतीको विविध पक्ष माथि प्रकाश पार्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL