Breaking News Friday, 30 Dec, 2016
Prestige Media

विद्यार्थीद्वारा मिर्गौला रोगीलाई आर्थिक सहयोग

काठमाडौँ, १५ पुस । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारका लागि आर्थिक अभाव झेलिरहेका गुल्मीका सूर्य घिमिरेलाई काठमाडौँ उपत्यकाका प्राविधिक क्याम्पसका नेपाल विद्यार्थी सङ्घले आर्थिक सहयोग गरेको छ ।

आर्थिक सङ्कलन अभियान र वृत्तचित्र दर्शनी गरेर उठेको रु एक लाख ५० हजार पीडित घिमिरेलाई आज इकाइ सभापतिहरुले संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रम संयोजक एवम् नेविसङ्घका नेता सुमधुर बरालले विद्यार्थीले आफ्नो खर्च बचाएर मिर्गौला रोगीलाई बचाउन सहयोग गरेको बताउनुभयो । उहाँले जीवन भट्टराईद्वारा निर्देशित शिक्षाको खोजी नामक वृत्तचित्र प्रदर्शन गरेर टिकटबापत उठेको रकम सहयोग गरिएको जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपण गराउन पैसा अभाव भएपछि प्राविधिक क्याम्पसका विद्यार्थीले उपचारका लागि सहयोग अभियान सञ्चालन गरी आर्थिक सङ्कलन गरेको पनि जानकारी दिनुभयो ।

पीडितलाई आर्थिक सहयोग चाहनेले ग्लोबल आइएमई बैंकको खाता नम्बर ०८०७०१००१०२९ मा पैसा जम्मा गर्न विद्यार्थी नेता शिव भट्टराईले अनुरोध गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL