Breaking News Friday, 30 Dec, 2016
Prestige Media

तराईका बासिन्दामा छिट्टै शुद्ध खानेपानी उपलब्ध गराइने

काठमाडौँ, १५ पुस । खानेपानी तथा सरसफाइ मन्त्रालयले तराईका बासिन्दामा छिट्टै शुद्ध खानेपानी खुवाउने उद्देश्यका साथ ‘तराई मधेस खानेपानी सुधार कार्यक्रम’ ल्याएको छ ।

तराईका अधिकांश समुदायमा चापाकलको प्रयोगमार्फत पानी तानेर प्रयोग गर्दै आए पनि सो पानी आर्सेनिकका कारण शुद्ध नभएकाले मान्त्रालयले तराईका २० जिल्लामा तराई मधेस खानेपानी सुधार कार्यक्रम ल्याएको हो ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सो कार्यक्रम सञ्चालन हुने भएको छ ।

मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटा जमिनभित्रको पहिलो सतहको पानीमा गह्रङ्गो धातु (आर्सेनिक) र दिशाजन्य वस्तु मिसिने भएकाले त्यस्ता पदार्थबाट क्यान्सरजस्ता हानिकारक रोग लाग्ने हुँदा दोस्रो र तेस्रो तहको शुद्ध खानेपानी खुवाउने उद्देश्यले यो कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “पहिलो तहको पानीमा आर्सनिक र दिसापिसाब मिसिएर अशुद्ध हुने हुँदा दोस्रो र तेस्रो तहको शुद्ध खानेपानी खुवाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।”

मन्त्रालयले केही समय अगाडि तराईका जिल्लामा १३ लाख चापाकल जाँच गर्दा अधिकांश चापाकलबाट आउने पानी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डविपरीत पाएपछि उक्त कार्यक्रम ल्याएको देवकोटाले बताउनुभयो ।

मन्त्रालयले डिप बोरिङ गर्दा समुदायलाई लक्षित गर्ने र त्यहाँबाट आएको पानीलाई ओभर हेड ट्याङ्कीमा जम्मा गरेर धारामार्फत सबै समुदायको घर घरमा वितरण गर्ने योजना राखेको छ ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मुलुकभरको खानेपानी समस्या दुई वर्षभित्र समाधान हुने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो – “हाल मुलुकमा ८५ प्रतिशत मानिसले खानेपानी प्रयोग गरिरहेका छन् दुई वर्षभित्र यो सङ्ख्यालाई बढाएर १०० प्रतिशत पु¥याउने मन्त्रालयको लक्ष्य छ ।”

राज्यमन्त्री खड्काले जनतालाई खानेपानी उपलब्ध गराउन पहाडी क्षेत्रमा लिप्ट सिस्टम र तराई क्षेत्रमा डिप बोरिङ कार्य गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँले तराई क्षेत्रको डिप बोरिङका लागि मन्त्रालयले रु ३० करोड पाँच लाख ५८ हजार बजेट विनियोजन गरिसकेको बताउनुभयो ।

मन्त्रालयले तराई क्षेत्रमा बिजुली पुगेको ठाउँमा बिजुली र बिजुली नपुगेको ठाउँमा सोलारमार्फत पानी तान्ने व्यवस्थासमेत मिलाएको छ । यस्तै केही समयभित्र नै तराई क्षेत्रलाई चापाकलमुक्त क्षेत्र बनाउने लक्ष्य मन्त्रालयले राखेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL