Uncategorized Friday, 30 Dec, 2016
Prestige Media

हेल्लो सरकार ! मेरो गुनासोको कारबाही कहाँ पुग्यो ?’

काठमाडौं – सिन्धुपाल्चोकमा भूकम्प प्रभावितहरूका लागि वितरण गरिएको अनुदानमा घोटाला भएको भन्दै गत २१ मंसिरमा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको हेल्लो सरकारमा गुनासो दर्ता भयो । हेल्लो सरकारको कार्यालयमा पुगेर लिखित रूपमै दर्ता भएको थियो, सो गुनासो । २०३ नम्बर दर्ता भएको गुनासोका निवेदक तीनपटक सिंहदरबार छिरिसके । तर, उनले दर्ता गराएको गुनासो एक कार्यालयदेखि अर्को कार्यालयमा भौंतारिरहेको छ । तर, कारबाहीको कुनै छाँट छैन, आजको राजधानीले खबर छापेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा गुनासो पठाए पनि गुनासोमाथि कुनै सुनुवाइ नभएपछि केही हुन्छ कि भन्दै प्रधानमन्त्रीको कार्यालयमा पुगेका थिए, उनी । ‘तर, खै यहाँको ताल पनि उस्तै रहेछ,’ नाम नछाप्ने सर्तमा उनले भने, ‘मैले पुरै विवरणसहित निवेदन दिएको हुँ । सरकारले चाहने हो भने एकै दिनमा समस्याको समाधान हुन्छ, तर यहाँ सुनुवाइ कतै हुँदो रहेनछ ।’

निवेदन दिएसँगै उनले हेल्लो सरकारमा पाँचपटक फोन गरे । त्यहाँबाट एउटै जवाफ आउँथ्यो, तपाईंको निवेदन प्रक्रियामा छ । प्रक्रिया के रहेछ भन्ने बुझ्न एक सातापछि सिंहदरबार पुगे । प्रक्रिया हेल्लो सरकारमै रहेछ । त्यसको अर्को साता सिंहदरबार पुग्दा हेल्लो सरकारदेखि पुस ३ गते चलानी नम्बर ४५०७५ पुनर्निर्माण प्राधिकरणमा पुगेको रहेछ ।

यो चलानी नम्बर बोकेर पुनर्निर्माण प्राधिकरणको गुनासो शाखामा पुग्दा जवाफ आयो, सूचना शाखामा गएर बुझ्नुस् । सूचना शाखाबाट फेरि गुनासो त्यहाँसँग सम्बन्धित भन्दै पुनः गुनासो शाखामै फर्कियो ।

त्यो दिन त्यस्तै भयो । फेरि बुधबार पनि सिंहदरबारमा सो गुनासोबारे बुझ्न हेल्लो सरकार हुँदै सूचना शाखादेखि गुनासो शाखासम्म पुगे । उनको उक्त चलानी नम्बर सिंहदरबारका कार्यालय घुम्दै पुनः गुनासो शाखा पुगेर अड्किएको छ । बुधबार गुनोसो शाखामा पुगेका उनले त्यहाँका कर्मचारीबाट यस्तो जवाफ पाए, ‘तपाईंको काम हुँदै छ, यहाँ तपाईंका मात्र होइनन् धेरैका गुनासा छन् । सबैलाई हेर्दै छौं ।’

‘हेर्दै छौं मात्र भन्छन्, काम गर्ने छाँट देखाउँदैनन्, जोखिम मोलेरै गुनासो दर्ता गराउँदा कार्यान्वयन हुँदैन भने किन गुनासो दर्ता गर्नु ?’ यी पीडितको प्रश्न थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

त्रिपुरेश्वर घटना : गाडीभित्र जलेका व्यक्तिको पहिचानमा प्रहरी नै अलमलमा

बाढीको २७ दिनमा पनि सडक सम्पर्कमा जोडिएनन् नुवाकोट–रसुवा

म त चिटिक्कै परेर बोलको मौलिक तिज गीत सार्वजनिक

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL