Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

काठमाडौँ तराई÷मधेस द्रुतमार्ग निर्माण अध्ययन सुरु

काठमाडौँ, १४ पुस । काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना निर्माण सरकारीस्तरमा अगाडि बढाउन राष्ट्रिय योजना आयोगले अध्ययन सुरु गरेको छ ।

सरकारले यही पुस ७ गते निर्णय गरेर काठमाडौँ तराई÷मधेस द्रुत मार्गलाई अगाडि बढाउने सन्दर्भमा अध्ययन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन आयोगलाई अख्तियारी दिएको थियो । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अध्ययन सुरु गरेको हो ।

समितिको आजको बैठकले आइतबार प्रतिवेदन प्रस्तुति हेर्ने र स्थलगत निरीक्षण गरेर संशोधनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । अध्ययनपछि सरकारले आफँैले आयोजना निर्माण गर्दा कुन ढाँचामा लगानी जुटाउने र सरकारी खरिद कस्तो हुने भन्ने सन्दर्भमा अध्ययन गरेर सुझाव पेस गर्नेछ ।

आयोगका उपाध्यक्ष डा श्रेष्ठले सरकारले दिएको पहिलो कार्यादेशमध्ये प्रतिवेदन अध्ययन सुरु गरिएको जानकारी दिनुभयोे । उहाँका अनुसार हालको प्रतिवेदनको प्रस्तुतिपछि स्थलगत निरीक्षण गरिने र त्यसपछि संशोधन गर्नुपर्ने विषयमा निक्र्योल गरिनेछ । समितिले आइतबार प्रस्तुतिका लागि आयोजनालाई बोलाएको छ । पाँच वर्षमा सक्ने लक्ष्य राखिएको उक्त आयोजनाअन्तर्गत ७६ किमीको सडक निर्माण गर्न रु एक खर्ब १२ अर्ब लागत लाग्ने छ ।
समितिमा आयोगका सदस्य प्रा हिरेन्द्रमान प्रधान, कानुन, अर्थ, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव क्रमशः टेकप्रसाद ढुङ्गाना, शान्तराज सुवेदी र धनबहादुर तामाङ, सडक विभागका महानिर्देशक देवेन्द्र कार्की तथा सदस्य सचिवमा आयोजना प्रमुख शतेन्द्र शाक्य रहनुभएको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL