Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

आधारभूत तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा हुनुपर्ने

पोखरा, १४ पुस । सङ्घीय संरचनामा शिक्षाको व्यवस्थापन गर्दा केन्द्र सरकारले निःशुल्क र अनिवार्य शिक्षाका लागि लगानीको सुनिश्चितता गर्नुपर्नेसहित बीसबुँदे घोषणापत्र जारी गर्दै ‘सङ्घीयतामा शिक्षा’ विषयको सम्मेलन आज सम्पन्न भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज यहाँ आयोजित प्रदेश नं ४ स्तरीय अन्तक्र्रिया कार्यक्रममा विभिन्न राजनीतिक दल, शिक्षक, गैरसरकारी संस्थालगायतका प्रतिनिधि सहभागी सम्मेलनले गुणस्तरीय शिक्षाका लागि सुविधासम्पन्न भौतिक संरचना, समयसापेक्ष पाठ्यक्रम र सङ्घीयता अनुकूलको संरचनाको खाँचो औँल्याएको हो ।

कार्यक्रमका सहभागीले मुलुक सङ्घीयतामा गएपछि केन्द्र, प्रदेश र स्थानीय तहबीच शिक्षा अधिकार कार्यान्वयनको स्पष्ट खाका तोकिनुपर्ने तथा आधारभूत तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सांसद शारदा पौडेलले नयाँ शासन प्रणालीमा जाँदा पुरानो र नयाँबीचको तादम्यता खोजेर शिक्षालाई जीवनोपयोगी बनाउनुपर्ने बताउनुभयो । क्षेत्रीय प्रशासक खगराज बरालले शिक्षक नियुक्तिको अधिकार स्थानीय तहलाई दिइनुपर्ने माग गर्नुभयो ।

क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले सङ्घीयतामा शिक्षाको व्यवस्थापनजस्ता विषय राजनीतिक तहबाट निर्णय हुनुपर्ने बताउनुभयो । एनसिई नेपालका केन्द्रीय अध्यक्ष कुमार भट्टराईले सङ्घीयता र शिक्षासम्बन्धी नागरिक क्षेत्रको अभिमत सङ्कलनका लागि यस्ता सम्मेलन अन्य प्रदेशमा पनि आयोजना गरिने जानकारी दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL