Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

तोकिएको मितिमै तीन तहको निर्वाचन गर्न पूर्व सांसदको माग

काठमाडौँ, १४ पुस । पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी नेपालको संविधानको धारा २९६ ले गरेको व्यवस्थाअनुसार रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०६४ साल माघ ७ गतेसम्म मात्र भएको हुँदा सो समयभित्र तीनै तहको निर्वाचन गर्न माग गरेको हो ।

मञ्चले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन गर्न संविधानको धारा २६८ बमोजिम दलीय राजनीतिबाट अलग प्रविधिज्ञहरु रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्ने गरी निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कानुन तुरुन्त निर्माण गर्न माग गरेको छ ।

त्यसैगरी, संविधानको धारा २९३ (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हुनाले त्यसलाई ग्रहण गरी अधिकतम सहमतिका आधारमा निर्वाचनको मिति घोषणा गर्न मञ्चले ध्यानाकर्षण गराएको छ ।

संविधान संशोधन विधेयक असंवैधानिक भनिदिँदा सदनदेखि सडकसम्म अन्योल र अनिश्चितताको तरङ्ग नै फैलिएको र पार्टी–पार्टीबीच तथा पार्टीभित्र पनि धु्रवीकरण बढ्दै गइरहेको हुँदा सो विधेयकलाई स्थगन गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने मञ्चले बताएको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले संविधान संशोधनको विवादित विषयलाई थाती राखेर तीन तहको निर्वाचन गराउन सरकारसँग माग गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL