Breaking News Thursday, 29 Dec, 2016
Prestige Media

निर्वाचनका लागि विधेयक पारित गर्न तयार प्रमुख सचेतक

काठमाडौँ, १४ पुुस । प्रमुख राजनीतिक दलका प्रमुख सचेतकले निर्वाचन (स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा) सम्पन्न गराउन आवश्यक पर्ने विधेयक पारित गराउन दलहरुका बीच खासै मतमतान्तर नभएको बताउनुभएको छ ।

उहाँहरुले एकै स्वरमा राजनीतिक सहमतिका आधारमा छिटोभन्दा छिटो कुन तहको निर्वाचन गर्ने हो निर्णय लिन र यसमा सहमति खोज्न आफ्ना नेतालाई आग्रह समेत गर्नुभयो ।

व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), सङ्घीय समाजवादी फोरम र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का प्रमुख सचेतकले कुन तहको निर्वाचनमा जाने हो यसबारेमा राजनीतिक सहमति जुटाउन आवश्यक रहेकामा जोड समेत दिनुभयो ।

नेकाका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन आवश्यक रहेको र निर्वाचनका लागि संविधान संशोधनको प्रस्ताव अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो – “प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले)ले संसद् अवरोध गरिरहँदा निर्वाचनसम्बन्धी विधेयक पारित गराउन अप्ठ्यारो प¥यो । निर्वाचनमा जान एमाले किन डराइरहेको छ ?”

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले असंवैधानिक रुपमा संविधान संशोधन मस्यौदा संसद् सचिवालयमा दर्ता गराएकाले आफ्नो पार्टीले सदन अवरुद्ध गरेको स्पष्ट पार्दै सो प्रस्ताव फिर्ता लिई निर्वाचनसम्बन्धी विधेयक ल्याउन सरकारसित आग्रह गर्नुभयो ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले प्रदेशका सीमाङ्कनसम्बन्धी विवादलाई सहमतिमा टुङ्ग्याएर मात्र निर्वाचनको मिति घोषणा गर्न आग्रह गर्नुभयो ।

सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले ठूला तीनदल नेका, एमाले र नेकपा माओवादी केन्द्रले मुखले निर्वाचन चाहेजस्तो बोली बोले पनि व्यवहारमा चाहेका नदेखिएको टिप्पणी गर्नुभयो ।

बैठकमा माओवादी केन्द्रका टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गर्न आवश्यक रहेको र यसका लागि सरकार र निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताउनुभयो ।

समितिका सभापति रवीन्द्र अधिकारीले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचनको अर्काे विकल्प नरहेको बताउनुभयो ।

बैठकमा समितिका सदस्य बैजनाथ चौधरी, महेन्द्र यादव, भक्तबहादुर वलामी र रामकुमार भट्टराईले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो ।

वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्न समिति निर्देशन

समितिको बैठकले आगामी वैशाख मसान्तभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मिति तोक्न र आवश्यक पर्ने विधेयक सदनमा ल्याउन सरकारलाई निर्देश समेत गरेको छ ।

साथै, निर्वाचन आयोगमा पदाधिकारीलाई पूर्णता दिन, मतपत्र छपाइ र अयोगलाई स्रोत साधनले सम्पन्न गर्न पनि सरकारलाई समितिले भनेको छ । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL