Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

नयाँ विमान राख्ने ठाउँ छैन

काठमाडौँ, १३ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार र नयाँ विमानस्थल निर्माण नभए नयाँ विमान राख्ने ठाउँ पनि नहुने जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको र समयमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल नबने नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको र हिमालय एअरलाइन्सले खरिद गर्न लागेको विमान राख्न पनि ठाउँ अभाव हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हालसम्मको उपलब्धिबारे जानकारी गराउन बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा महानिर्देशक सन्जीव गौतमले यही अवस्थामा नयाँ विमान राख्ने ठाउँ नै नहुने बताउनु भयो । वायुसेवा निगमले थप दुईओटा विमान थप्दैछ भने हिमालय एअरलाइन्सले पनि विमान थप्ने भनेको छ ।

‘यस्तै अवस्थामा विमानस्थल विस्तार र नयाँ नभएसम्म विमान राख्ने ठाउँ पनि हुँदैन’–उहाँले भन्नुभयो । भैरहवा र पोखरा विमानस्थल समयमै बन्ने आशा पनि उहाँले व्यक्त गर्नु भयो ।

प्राधिकरणले हालसम्म ३८ ओटा देशसँग हवाई सम्झौता भएको, २८ ओटा अन्तर्राष्ट्रिय विमानले नेपालमा हवाई सेवा दिँदै आएको र १९ ओटा आन्तरिक हवाई सेवा कम्पनी दर्ता भएको जनाएको छ । यस्तै, ६ ओटा आन्तरिक एअरपोर्ट निर्माणको चरणमा रहेको, तीनओटा कालोपत्रे भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL