Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

संविधान कार्यान्वयनमा प्रमुख दल एक हुनुपर्दछः मन्त्री पाण्डे

भक्तपुर, १३ पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान निर्माणमा सक्रिय रहेका प्रमुख राजनीतिक दलहरु संविधान कार्यान्वयनमा पनि एक हुनुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो – “अहिलेको राजनीतिक गतिरोध अन्त्यगरी संविधान कार्यान्वयनको पाटोमा प्रमुख राजनीतिक दल एक भएर लाग्नुको विकल्प छैन् ।’

मन्त्री पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने बताउँदै “सिमाना निर्धारण आयोगले तयार पारेको प्रतिवेदन केही दिनमै प्रधानमन्त्रीले बुझ्नु हुनेछ, त्यसलगत्तै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुन्छ ।”

कसैले चाहेर पनि अब निर्वाचन रोक्न नसक्ने चर्चा गर्दै उहाँले सरकारले स्थानीय निकायको नभएर स्थानीय तहको निर्वाचनको तयारी गरेको छ भन्नुभयो ।

मन्त्री पाण्डेले एमाले अहिले निर्वाचनको बाधक भएको आरोप लगाउँदै प्रतिपक्षको संसद् अवरोधकै कारण निर्वाचन सम्बन्धी विधेयक टेबुल हुन नसकेको बताउनुभयो ।

तोकिएको समयमा निर्वाचन गर्नु संविधान कार्यान्वयनको सफल पक्ष भएको बताउँदै उहाँले वर्तमान समयमा सबै अवरोधको गाँठो फुकाल्ने उपयुक्त माध्यम नै संसद् भएकोले यसको अवरोध अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले संविधान संशोधन विधेयक संसद्मा दर्ता भइसकेको र अब फिर्ता नहुने स्पष्ट पार्दै प्रतिपक्षलाई लोकतान्त्रिक अभ्यासमा आउन आग्रह गर्नुभयो ।

संविधान संशोधन मधेस, थारु र जनजातीको माग सम्बोधनका साथै संविधान कार्यान्वयनको सवल पाटो भएको उल्लेखगर्दै उहाँले संविधान संशोधनलाई अझ रचनात्मक रुपमा अगाडि बढाउन र संविधान कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्दछ भन्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL