Breaking News Wednesday, 28 Dec, 2016
Prestige Media

खेर गइरहेको झारपातलाई पोलेर बायो ऊर्जा उत्पादन

सिन्धुपाल्चोक(अत्तरपुर), १३ पुस । वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ ।

जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो ।

हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको हो ।

जाडोयाममा कोठा न्यानो बनाउन र इँटा भट्टामा इँटा पोल्नका लागि प्रयोग गरिने वायो ऊर्जा उत्पादनबाट स्थानीयले रोजगारसमेत पाएका छन् । अत्तरपुर ८ की सपना श्रेष्ठ बिहान बच्चाबच्चीलाई विद्यालय पठाएर घरको धन्दा सकेर १२ बजेतिर ब्रिकेट बनाउन आउनुहुन्छ ।

दिनभरि विक्रेट बनाउँदा उहाँलाई दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गर्दछ ।

यस्तै अत्तरपुरकै जमुना शाक्य पनि बिहान घरको धन्दा सकेर ब्रिकेट बनाउन आउँदा दैनिक रु पाँच÷सात सय आम्दानी गर्नुहुन्छ ।
उक्त गाविसमा मात्र ब्रिकेट उत्पादन कम्पनीमा २०० भन्दा बढी मानिसले रोजगारी पाएका छन् ।

सुरुमा खाल्डो खनेर पातपतिङ्गर पोलेर कोइला र ब्रिकेट बनाउने गरेपनि हेल्भेटास र हिमालय नेचुरल प्रालिको सहयोगपछि आधुनिक प्रविधिमार्फत बनाउन थालिएको प्यूखर्क वायोब्रिकेट उद्योगका अध्यक्ष यामबहादुर श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुरुका दिनमा गुणस्तरीय सामान बनाउन गाह्रो हुन्थ्यो, अहिले गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएका छौँ ।”

उक्त उद्योगहरुमा पाँँच इञ्च गोलाई, १.३० इञ्च उचाइ र ५ इञ्च गोलाइ र तीन इञ्च उचाइका दुईथरि ब्रिकेट उत्पादन हुने गरेको छ ।

धसिङ्ग्रे ब्रिकेट उद्योगका अध्यक्ष शशीकुमार शाक्य ब्रिकेट उत्पादनबाट एक सिजनमा रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारी क्षेत्रबाट यस्तो काममा सहयोग हुने हो भने धेरै युवाले रोजगार पाउने थिए ।”

हेल्भेटासकी वायो ऊर्जा परियोजना अनुगमन अधिकृत उषा पाण्डेय समुदायलाई स्वावलम्वनतिर लैजान र विदेशबाट दैनिक रुपमा भित्रने गरेको ऊर्जालाई कम गर्ने काममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हेल्भेटासले यस्तो कार्यक्रममा सहयोग गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ग्रामीण क्षेत्रमा रहेका बेरोजगार युवालाई गाँउमै रोजगार दिन यस्तो कार्यक्रमले सहयोग पुग्नेछ ।”

हिमालयन नेचुरल प्रालिका कार्यकारी निर्देशक सुशील ज्ञवाली ऊर्जाका नाममा विदेसिएको रकम रोक्ने उद्देश्यका साथ वायोऊर्जा उत्पादनमा आफ्नो संस्था लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले सहयोग गरे हामी २० हजार सिलिण्डर बराबरको वायोमास उत्पादन गर्न सक्छौँ ।”
हिमालय नेचुरल प्रालिले हाल भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट सिन्धुपाल्चोक र काभ्रे जिल्लामा वायोमास उत्पादन गरिरहेको छ । जसको माध्यामबाट एक हजारभन्दा बढी व्यक्तिलाई रोजगार दिएको छ । जसमध्ये ४० प्रतिशत महिला रहेका छन् ।

सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत शिव सापकोटा वनमा खेर गइरहेको झाडीलाई सदुपयोग गरी बायोब्रिकेट उत्पादन गरी उर्जा अभावलाई सहयोग गरेको बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, “ वनको वार्षिक कार्यक्रममा झाडी व्यवस्थापन पनि रहेको हुँदा वायो ऊर्जाले झाडी व्यवस्थापनमा सहयोग पुगेको छ ।”

सरकारले यस्तो काममा सहयोग गरे नाकाबन्दीजस्ता आपत्कालीन समयमा थोरै भएपनि राहत पुग्ने थियो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL