Breaking News Tuesday, 27 Dec, 2016
Prestige Media

सत्ता पक्ष र प्रतिपक्षबीचको द्वन्द्वले देश गम्भीर सङ्कटमा – मन्त्री बुढाथोकी

भक्तपुर, १२ पुस । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सत्ता पक्ष र प्रतिपक्षबीचको द्वन्द्वले देश गम्भीर सङ्कटमा परेको बताउनुभएको छ ।

आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ भक्तपुरको प्रथम साधारण सभामा उहाँले भन्नुभयो– “अहिलेको अवस्थामा सत्ता पक्ष र प्रतिपक्ष मिलेर संविधान कार्यान्वयनमा नगए देशले अनिष्ट भोग्नुपर्दछ ।”

मन्त्री बुढाथोकीले “यतिखेर माले, मसाले र मण्डले एकै ठाउँमा उभिएका छन्, यो निकै चिन्ता मान्ने बेला हो, यसवाट हामी सचेत हुनुपर्दछ” भन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन हुन नदिन अहिले विभिन्न शक्ति केन्द्र सक्रिय रहेको बताउनुभयो ।

अहिले ‘माओवादी केन्द्र’ बाहेकका सबै कम्युनिस्ट एमालेको नेतृत्वमा एकै ठाउँमा आएर संसद् रोकी संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र गरिहेको आरोप लगाउँदै उहाँले एमाले विधिको शासनबाट भाग्न खोजेको टिप्पणी गर्नुभयो ।

मन्त्री बुढाथोकीले “संविधान संशोधन प्रस्ताव मतदानमै जान नदिने, यो विधिको शासनबाट एमाले भाग्दैछ, मतदानमै गएर यसलाई टुङ्गोमा पु¥याउनुपर्छ” भन्दै एमालेकै कारण संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

कार्यक्रममा सांसदद्धय शिवबहादुर खड्का र रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले संसद् खुलाएर देशलाई अगाडी बढाउन ठूला दल मिल्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका भक्तपुर अध्यक्ष सुरेश राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलनाथ दाहाल, काँग्रेसका नेता गणेशमान चक्रधर, मदनकृष्ण श्रेष्ठ, विकास थापालगायतले अपाङ्लाई शिक्षा, रोजगारीलगायत हरेक क्षेत्रमा समान अवसरको व्यवस्था गर्नुपर्ने र अपाङ्ग मैत्री भवन निर्माण हुनुपर्नेमा जोड दिनुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

एसियाली खेलकुद : कमजोरी बुझ्ने अवसर

चाडपर्वलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

‘चामेका बासिन्दा कोही घरमा छैनन्, सरकारले वास्तै गरेको छैन’

चार दिनको वर्षाले सबभन्दा बढी क्षति कालीगण्डकी तटीय क्षेत्रमा

पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर र तिङग्राङखानीमा सडक अवरुद्ध

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार, एक महिला पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL