Breaking News Tuesday, 27 Dec, 2016
Prestige Media

जेठदेखि देशभर लोडसेडिङ हटाउन प्राधिकरणको आक्रामक तयारी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २०७४ जेठपछि देशभर विद्युत् कटौती(लोडसेडिङ) अन्त्य गर्ने तयारी अघि बढाएको छ। परीक्षणका रुपमा दशैंपछि काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभरको विद्युत् कटौती हटाउने तयारी अघि बढाएको हो। पछिल्लो समय काठमाडौं उपत्यकाको विद्युत् व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवसमेतका आधारमा देशभर विद्युत् कटौती अन्त्य गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले नागरिकन्युजलाई बताए।

यसका लागि प्राधिकरणले तीव्र रुपमा विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको उनले बताए। उनका अनुसार भारतबाट आयात हुने ढल्केबर–मुजफ्फरपुर, कटैया–कुशाहा, रक्सौल–परवानीपुर, टनकपुर–महेन्द्रनगरजस्ता अन्तरदेशीय लाइनका पूर्वाधार सुधार गर्ने काम चलिरहेको र जेठपछि आन्तरिक उत्पादन पनि पूर्ण क्षमतामा हुने भएकोले देशभर लोडसेडिङ अन्त्य गर्न सकिने अवस्था छ।

‘विद्युत् उत्पादन बढेर मात्रै लोडसेडिङ अन्त्य नहुने रहेछ भन्ने त नाकाबन्दी–मधेशआन्दोलनका बेला प्रमाणित भइसक्यो,’ उले भने, ‘त्यतिबेला उद्योगधन्दा, कलकारखाना ठप्प हुँदा पनि हामीलाई बत्ति बाल्न विद्युत् पुगेन। किनभने हाम्रो वितरण प्रणाली नै गतिलो थिएन। त्यसैले हामीले प्रसारण तथा वितरण प्रणाली सुधारको काम तीव्रगतिमा अघि बढाइरहेका छौं। चैतदेखि आन्तरिक उत्पादन पनि पूर्ण क्षमतामा हुने भएकोले जेठदेखि देशभर विद्युत् कटौती अन्त्य गर्न सकिन्छ।’

पुस ११ गते भएको विद्युत् खपतको तथ्यांकलाई आधार मान्दा जडित वितरण प्रणालीमा हाल देशभरको विद्युत माग १२ सय ७३ मेगावाट छ। यस मध्ये विद्युत् प्राधिकरणको ३६१ मेगावाट, निजी ऊर्जा उत्पादकको २०८ मेगावाट र आयातित २९९ मेगावाट गरी कुल ८६८ मेगावाट विद्युत् आपूर्ति भएको छ। देशभर कुल ४०५ मेगावाट विद्युत् अपुग छ। यसै अभावलाई पूरा गर्न नसक्दा हाल काठमाडौं उपत्यकाबाहेक देशका अन्य भूभागमा लोडसेडिङ जारी रहेको छ।

‘सुख्खायाममा पानीको सतह अझ घट्ने भएकोले बगेका खोलामा आधारित स्वदेशी (प्राधिकरण र निजी क्षेत्रका) आयोजनाहरुको उत्पादन करिब १२५ मेगावाट जति कम हुन जान्छ,’ उनले भने, ‘सबैभन्दा खराब अवस्था हुने माघ–फागुनमा करिब ५ सय ३० मेगावाटको हाराहारीमा विद्युत् अपुग हुन जान्छ।’

यो अभावलाई पूरा गर्न प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रशारणलाईनमार्फत आयात भइरहेको नियमित ८० मेगावाटमा ४० मेगावाट थप हुने गरी जनवरी १ देखि मे महिनासम्म १२० मेगावाट आयात गर्ने पूरक सम्झौता भारतसँग सम्पन्न गरेको छ। यति गर्दा पनि हालको नियमित आपूर्तिमा करिब ८५ मेगावाट विद्युत् माघ र फागुनमा कम हुन्छ। विद्युत् उत्पादन र आपूर्ति घटे पनि प्राधिकणले काठमाडौं उपत्यकामा भने माघ र फागुनमा पनि लोडसेडिङ नगर्ने योजना बनाएको छ।

‘हिउँ पग्लिन कम हुने, खोलामा पानीको सतह घट्ने कारण माघ र फागुनमा हालको आपूर्तिभन्दा ८५ मेगावाट विद्युत् घट्छ,’ उनले भने, ‘यसले गर्दा काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त राख्दै बाहिरका जिल्लाहरुमा माघ र फागुनमा १ घण्टाजति लोडसेडिङ बढ्न सक्छ।’

चैतदेखि गर्मी मौसम सुरु हुने हुँदा हिमालको हिउँ ज्यादा पग्लिन थाल्छन्। र, खोलानदीमा पानीको सतह बढ्न थाल्छ। त्यसपछि बगेका खोलामा आधारित स्वदेशी आयोजनाहरुको उत्पादन पनि बढ्दै जान्छ। वर्षा शुरु हुन थालेपछि पूर्ण जडित क्षमतामा स्वदेशी आयोजनाहरुले विद्युत् उत्पादन गर्न थाल्छन्। र, जेठदेखि लोडसेडिङ अन्त्य गर्न सकिने अवस्था बन्ने प्राधिकरणको अपेक्षा छ।

हाल विद्युत् प्राधिकरणको आग्रहअनुसार काठमाडौं उपत्यकाका उपभोक्ताहरुले प्राधिकरणको ‘लाेडसेडिङ मुक्ति’काे अभियानमा सघाउन विद्युतीय उपकरणहरु कम चलाइदिएका कारण पनि करिब ५० मेगावाट बिजुली बचत भएको प्राधिकरणको अनुमान छ। त्यस्तै, करिब २ लाख इन्भर्टर प्रयोग नगरिदिँदा करिब १ सय मेगावाट विद्युत् बचत भएको अनुमान प्राधिकरणको छ।

यी सबै उपकरणहरु प्रयोगमा ल्याउने हो भने हालकै अवस्थामा नेपालको कुल माग १३ सय ५० मेगावाट हुने प्राधिकरणको अनुमान छ। आगामी जेठपछि माग बमोजिमकै विद्युत् उत्पादन हुने भएकोले काठमाडौं उपत्यकामा ग्यासको उपभोगमा केही कमी ल्याउने गरी खाना पकाउन पनि केही मात्रामा विजुली प्रयोग गर्न सकिने अवस्था आउने प्राधिकरणको विश्वास छ। साभार नागरिक न्युज बाट ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

पश्चिमी र स्थानीय वायु प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना

सेती प्रादेशिक अस्पतालमा अक्सिजन सिलिन्डर पड्किंदा स्कारपियोमा आगलागी

विश्वकप लिग-२ मा आज अमेरिकासँग भिड्दै नेपाल

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बडिमालिका जाने पर्यटक बढे (तस्वीरहरू)

एमाले सुदूरपश्चिम संसदीय दलको विवाद साम्य, रावलले गरे आत्मालोचना

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोष अध्यक्षको जिम्मेवारी वनमन्त्रीलाई

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

स्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाजमा आगो देखियो

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL